शनिबार , जेठ १४, २०७९

ओहो ! १७ वर्षको उमेरमा बि रामी आमा पाल्न यसरी लेबर काम गर्दै यी नानी (भिडियो हेर्नुस्)

राम्रोसँग बस्नुहोला । म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौंला ।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थायी घर भएका ३२ वर्षीय अनिल गुरुङले बाबु लालबहादुर गुरुङलाई अफ्रिकी मुलुक कंगो जानुअघि यही भनेका थिए । तर, दुर्भाग्य, उनी आफ्नो जन्मभूमि नेपाल नै फर्कन पाएनन् । नेपाल नै फर्कन नपाएपछि आफूसहित नयाँ घरमा सर्ने त कुरै भएन ।

सुर्खेतमा अनिलको टायलले छाएको घर छ, जहाँ उनका बाबुआमा बस्छन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार, शान्ति सेनाको नेपाली टोलीलाई विद्रोही मिलिसियाले आ”क्रमण गर्दा अनिलको नि’धन भएको छ । अनिलको निधन’bout सेनाका प्रवक्ता सिलवालले भने, ‘मंगलबार हतियारधारी समूहले कंगोको इतुरी प्रान्तको बाली भन्ने क्षेत्र कब्जा गर्न खोज्दा शान्ति सेनाहरूले सशस्त्र विद्रोही समूहको कब्जा तोड्दै त्यो क्षेत्र सुरक्षित गरिसकेका थिए । सेनाको प्रत्याक्रमणपछि हतियारधारी जत्था भागिसकेका थिए, भागेका हतियारधारी समूहले अज्ञातस्थलबाट गोली प्र’हार गर्दा अनिल गुरुङले वीरगति प्राप्त गरे ।’

टायलले छाएको सो घरबाट बाबु आमालाई पक्की घरमा सार्ने उनको योजना थियो । यसका लागि उनले एकतले घर पनि बनाउन सुरु गरिसकेका थिए । सो घर पूर्णरूपमा बनिसकेको छैन । प्लास्टरसहितका काम बाँकी नै छन् । नेपाली सेनामा कार्यरत अनिल संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्यूआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए । उनी गत ७ पुसमा कंगो गएका थिए ।

२०६६ सालमा सुर्खेतस्थित चार नम्बर बाहिनीबाट उनी नेपाली सेनामा भर्ती भएका थिए । सेनामा भर्ती भएको १२ वर्षपछि उनलाई शान्ति सेनाको कंगो मिसनमा जाने अवसर मिलेको थियो । अनिल शान्ति मिसनमा जानुअघि नेपाली सेनाको कृष्ण दल गण इटहरीमा कार्यरत थिए । त्यहाँ काम गर्दागर्दै शान्ति मिसनको तालिममा सहभागी हुन उनी गोकर्णस्थित आर्मी ब्यारेक आएका थिए । अनिल किशोराअवस्थामा टेक्दा मुलुकमा तत्कालीन माओवादी विद्रोहीको ‘रजगज’ थियो । उनको जन्मस्थल सुर्खेत माओवादी प्रभावित सूचीमा थियो ।

सैनिक प्रवक्ता सिलवालका अनुसार, ‘अपरेसन बाली’का सिलसिलामा यो घ’टना हुन गएको हो । प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा यो कारबाही चलाइएको थियो । कारबाहीमा विद्रोहीको अब्जेटिभ कब्जा गरी जमिन होल्ड गरेपछि वि’द्रोहीबाट भएको फायरमा उनी घाइते भएका थिए । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको नि’धन भएको हो ।

शान्ति मिसनका क्रममा कंगोमा ज्यान गुमाएका अनिलले जागिरकै सिलसिलामा काठमाडौं सोह्रखुट्टे नयाँ बजारकी विद्या महर्जनसँग प्रेम विवाह गरेका थिए । नेपाली सेनामा भर्ना भएको एक वर्षपछि उनले विद्यासँग विवाह गरेका थिए । उनीहरूका नौ वर्षीय छोरा टोखास्थित नेसनल मोडल स्कुलमा कक्षा ४ मा पढ्छन् । नयाँ बजारस्थित माइतीघरमा बस्दै आएकी विद्या भने वनस्थलीस्थित उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत छिन् ।

कंगो द्वन्द्वग्रस्त मुलुक हो । विभिन्नखाले हतियारधारी विद्रोही समूहहरू अस्तित्वमा रहेको कंगोमा सरकारको उपस्थिति कमजोर छ । सोही कारण जनताको जिउधनको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघले त्यहाँ शान्ति सैनिक पठाएको छ । सन १९९० देखि त्यहाँ नेपाली सेना खटिएको छ ।

बाबु लालबहादुरका अनुसार उनलाई २०६१ सालतिर माओवादीले घरबाट जबर्जस्ती लगेका थिए । माओवादीसँग केही समय बसेपछि उनी घर फर्केर आएका थिए । तर, माओवादी कार्यकर्ता घरमै आएर उनलाई पुनः लगेका थिए । त्यसको केही समयपछि घर फर्केका उनलाई बाबु लालबहादुरले काठमाडौं भगाएका थिए । किशोराअवस्थामा तत्कालीन विद्रोही माओवादीसँग जबर्जस्ती हिँडाइएका उनको मृत्यु विद्रोहीकै गोलीबाट हुन गएको छ, कंगोका विद्रोहीबाट ।

त्यसो त उनका बाबु लालबहादुरले तत्कालीन माओवादी वि’द्रोहीबाट जोगाउन उनलाई काठमाडौं भगाएका मात्र थिएनन्, एक टुक्रा जग्गा बेचेर विदेश पनि पठाएका थिए । तर, प्रक्रिया नमिलेको भन्दै पछि उनलाई घर फर्काइएको थियो । पछि नेपाली सेनामै कार्यरत लालबहादुरका भान्जा पर्ने रणबहादुर गुरुङले नेपाली सेनामा भर्ना खुलेको बताएपछि उनले फारम भरेका थिए, जहाँ उनी सफल पनि भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय