बुधबार , जेठ ४, २०७९

टिबोर्ग छैठौं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता अस्मिता डल्लाकोटि र जिबन सिग्देलको टिमको बिजयी

दोहोरी च्याम्पियन पछिको अर्को ठुलो प्रतियोगीता आज भब्य रुपले सफलताका साथ समापन भयको छ। उक्त प्रतियोगीतामा ६१ टिमले भाग लियका थिय। उक्त प्रतियोगीहरु मध्ये अस्मिता डल्लाकोटि र जिबन सिग्देलको टिम नगरकोट दोहोरी साझको प्रतिनिधित्व गर्दै बिजयी भयको छ अर्थात प्रथम हुन सफल भयका छन्। यो संगै उनीहरुले नगद पुरस्कार रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरेका छन्। त्यस्तै गरेर दित्तीय हुनेमा अर्जुन खड्का र सान्ता ओलीको टिम बन्न पुगेका छन् भने दित्तीय पुरस्कार नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्न सफल भयका छन्। त्यस्तै गरेर तेस्रो हुनेमा श्याम रानाको टिम श्याम राना संगै हरिमाया रायमाझी बन्न सफल भयका छन् जसले पुरस्कार नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल प्राप्त गरेका छन् भने श्याम रानाको टिम संगै अर्को प्रतिष्पर्धी टिम पनि तेस्रोनै भयका थिय।

 

गयका समयहरुमा यस दोहोरी प्रतियोगीतामा नगरकोट दोहोरी साझकै कलाकार राजु केसीले लगातार जित्न सफल हुदा उक्त रनिङ शिल्ड नगरकोट दोहोरीमै रहेको थियो भने यसपाली अस्मिताको टिमले पनि नगरकोट दोहोरीकै प्रतिनिधित्व गरेर उक्त रनिङ शिल्ड ३ पटकको जित संगै सदाका लागी आफ्नो बनाउन सफल भयका छन्। जसले गर्दा नगरकोट दोहोरीका संचालक समेत निकैनै खुसी भयका थिय। प्रतियोगीताको फाइनल नतिजा आउने बेलामा त्यहाको माहोल निकैनै तातियाको देख्न सकिन्थ्यो। अस्मिता र जिबनको टिमले जितेको नतिजा पाउने बित्तिकै समर्थक संगै साथीहरुले अस्मिता र जिबनलाई बोकेर खुसी मनायका थिय त्यसपछि बिजेता सम्पुर्णलाई पुरस्कार बितरण गरीयको थियो।

 

पुरस्कार वितरण पछाडि अस्मिता र जिबनको टिमले हामी संगको कुराकानीका क्रममा निकैनै खुसी ब्यक्त गरेका थिय। यो संगै अस्मिताले अबिर किन नलगायको भन्ने संचार कर्मीको प्रश्नमा अस्मिता भाबुक हुदै ४ दिन पहिला आफ़ुको हजुरबुवा बितेको कुरा बताईन त्यसपछि सबै जना निकैनै भाबुक भयका थिय। कतै खुसी त कतै-दखी अस्म्ताको मुहारले उक्त कुरापछि भने अन्य धेरै खुसीका कुराहरु भने ब्यक्त गर्न नसकियको अवस्था थियो। जे जस्तो भयपनी अहिलेको प्रतियोगीता जितेका सम्पुर्ण टिमलाई हामी सबैको तर्फबाट सुभकामना।

 

बिजयी पछि अस्मिता र जिबन संग गरीयको पहिलो कुराकानी तल हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय