आइतबार , जेठ ८, २०७९

छोराछोरीसहित आमाले पोखरीमा हाम फा’ल्दा छोराछोरीको डु’बेर मृ”त्यु

महोत्तरीको औरही नगरपालिका-१ मा शुक्रबार राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फा’ल्दा दुवै छोराछोरीको डु’बेर मृ”त्यु भएको छ। जिल्ला प्र”हरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजित कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डु”बेर मृ”त्यु भएको हो।

महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उ’द्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई राति नै मृ’त घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ। प्र’हरीले घ’टना पश्चात गए राति ११ बजे नै मृ’तक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ। घ’टनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रह’रीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय