बुधबार , जेठ ४, २०७९

भक्तपुरमा प्लटिङको ढिस्को झर्दा २ मजदुरको गयो ज्या” न्,आधा पु”रि”एर निस्केका व्यक्तिले जे देखे ……..

चाँगुनारायण नगरपालिका-९ ताथलीमा माटोको ढिस्कोले पुरिएर शुक्रबार २ जनाको मृ”त्यु भएको छ। ताथलीको नालाछापमा जग्गाा प्लटिङका लागि पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको घ”टनास्थलमा नै मृ”त्यु भएको हो।मृ”त्यु हुनेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-९ घर भई ताथली बस्ने ३२ वर्षीय चतुरमान तामाङ र काभ्रेपलाञ्चोककै चौरी देउराली गाउँपालिका-३ घर भई ताथली बस्ने ५० वर्षीय वर्षमान तामाङ छन्।

माटोले पुरिएका दुवै जनालाई स्थानीय बासिन्दा र प्र”हरीले स्काभेटर प्रयोग निकालेको महानगरीय प्र”हरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए। ‘माटोले पुरिएका दुवै जनालाई स्काभेटर प्रयोग गरी निकाल्दा मृत्यु भइसकेको थियो,’ उनले भने। घ’टनाबारे प्र’हरीले अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। प्रजिअ शर्माका अनुसार प्लटिङबारे समेत अनुसन्धान भइरहेको छ।

जग्गा प्लटिङको क्रममा दु”र्घटना भएको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘प्लटिङ हो भने त्यसको वैधानिकता बारेमा पनि अनुसन्धान भइरहेको छ। प्लटिङको अनुमति छ छैन, छ भने कुन निकायले दिएको हो सो बारेमा समेत अनुसन्धान भइरहेको र यसबारेमा नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयमा समेत बुझिरहेको प्रजिअ शर्माले जानकारी दिइन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय