बुधबार , जेठ ४, २०७९

कठै ! छोरी १८ दिनकी हुँदा,अर्की केटि लिएर श्रीमान मुम्बई गए,अहिले यस्तो छ अवस्था (भिडियो हेर्नुस्)

तनहुँ घर भएकी गोमा थापा आफ्नो छोरी १८ दिनको हुँदा देखि श्रीमान भरत भण्डारीले अर्की स्वास्नी लिएर हिडेको र आफुलाई निकै पि डा दिएको भन्दै मिडियामा आएकी छिन।अर्की लिएर अहिले मुम्बईमा बस्दै आएका छन् भरत ।

विवाह भएको १३ वर्ष भयो भने गोमा अहिले ३१ वर्ष पुगेकी छिन् । १० र ८ वर्षका दुईजना छोराछोरी भएकी गोमाले आफ्नो श्रीमान नदेखेको ८ वर्ष भएको छ ।छोराछोरीले बुबाको अनुहार बिर्सीसकेका छन् ।

स्याङ्जाकि केटी लिएर हिडेका भरतको फोन सम्पर्क अहिले हुन छोडेको छ भने सौतासंग कहिले काहीं फोन हुने गोमा बताउछिन् ।आफू सुत्केरी हुँदा भएको एउटा सहारा नै श्रीमान हुन्छन् तर त्यही श्रीमानले नै छोडेर अर्कै लिएर हिडेपछी अब कसको सहारामा गोमाले बाँच्नु ?

हातमुख नै जोड्न सक्ने अवस्था अहिले गोमाको हराइ सकेको छ ।छोराछोरीलाई हुर्काउने बाटो छैन ।अब यस्तो अवस्थामा श्रीमानको खोजी गर्दै अहिले उनी भौतारी रहेकी छिन् ।

भिडियो हेर्नुस् :-

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय