शनिबार , जेठ १४, २०७९

युक्रेनमा हजारौं लुकेर बसेको घरमा ब|म खस्दा बाचेकी एक महिलाको बयानले विश्व नै रोयो

गत बुधवार त्यही नाटकघरमा ब|म प्रहार भएको केही सेकेन्डमै भवन दुई चिरा हुँदै भग्नावशेषमा रूपान्तरित भयो। त्यहाँ ३०० जनाजतिको मृ|त्यु भएको एक सरकारी अधिकारीले बताएका छन्।बीबीसीले उक्त घटनामा बाँच्न सफल केही व्यक्तिहरूसँग कुरा गरेको छ। उनीहरूले ब|म खसालिए लगत्तैको अवस्थाबारे बताएका छन्।

रुसी विमानहरूले हरेक बिहान सहरको आकाशमा फन्को मारिरहेका थिए।नाटकघर नजिकैको अपार्टमेन्टको नवौँ तल्लामा बस्ने गरेकी २७ वर्षीया शिक्षिका मारिया रोडिओनोभा १० दिनदेखि दुई वटा कुकुरसँगै नाटकघरमा बस्न थालेकी थिइन्।

उनीहरू भवनको पछाडितर्फको मञ्च अगाडिको कक्षमा बस्दै आएका थिए।ब|म प्रहार भएको बिहान उनले नजिकैको भान्साबाट आफ्ना कुकुरहरूलाई खुवाउन माछाको फालिएका टुक्राटाक्री ल्याएकी थिइन्। तर उनलाई कुकुरहरूले पानी नपिएको याद आयो। उनले आफ्नो सुटकेसमा कुकुरहरूलाई बाँधेर मुख्य द्वार अगाडि पानीका लागि अरू मानिसहरूसँगै लाममा बसिन्।त्यति बेलै नाटकघरमा ब|म खस्यो।

भ|यानक ठूलो आवाज आयो। सिसाहरू फुटेको सुनियो। एकजना मानिसले उनलाई पछाडिबाट पर्खालतर्फ धकेलेर आफ्नो ज्या|नले छेकेर सुरक्षा दिए। वि|स्फो|टको आवाज यति ठूलो थियो कि उनको एउटा कान असह्य दुख्यो। उनले कानको जाली नै फुट्यो भन्ठानेकी थिइन् तर मानिसहरू चिच्याइरहेको सुनेपछि उनलाई त्यस्तो केही भएको रहेनछ भन्ने थाहा भयो।जताततै मानिसहरू चिच्याइरहेका थिए। वि|स्फो|टको धक्काले एक जना मानिस धकेलिएर झ्यालमा ठोक्किए अनि भुईँमा लडे। उनको अनुहार सिसैसिसाले छोपियो। टाउकोमा चो|ट लागेकी एक महिलाले ती व्यक्तिलाई सहयोग गर्न खोजिन्।

युक्रेनको रेडक्रसमा स्वयंसेवकको काम गरिरहेकी मारियालाई केही होस आएजस्तो भयो। उनले चिच्याउँदै ती महिलालाई रोकिन भनिन्।सँगै पाँच वर्षको बच्चा चिच्याइरहेका थिए।फन्को मारेर अलि परतिरका क्षेत्रमा ब|म खसालेको याद छ। तर त्यो क्षेत्रमा सैन्य विमानहरूको आवाज सुनिइरहनु कुनै नौलो थिएन। उनलाई त्यसको बानी परिसकेको थियो।

उक्त आ|क्र|म|णबारे धेरै कुराहरू अझै स्पष्ट छैनन्। उक्त नाटकघरमा १,००० सम्म मानिसहरू आश्रय लिइरहेका ठानिएको छ। त्यसमध्ये केही उक्त भवनको भूमिगत तल्ला वा बङ्करमा बसिरहेको त्यहीँ बसिरहेका अन्य केही र सहरका अधिकारीहरूले बताएका छन्।मारियाले मानिसहरू जमिनमाथिका तल्लाहरूमा पनि भिडभाड सहित बसिरहेको देखेको बताएकी छिन्। बीबीसीले कुरा गरेका मानिसहरूबाट के स्पष्ट हुन्छ भने मानिसहरूले उक्त भवनमाको कोरिडोरमा डुल्ने र आवतजावत गर्ने गरेका थिए।

यहाँ अझै ३,००,००० मानिसहरू थुनिएका छन्। विद्युत्, ग्यास र स्वच्छ पानीको अभावमा यहाँका मानिसहरू मध्ययुगीन समय जसरी बाँचिरहेका छन्।मारिया नाटकघरमा बस्न जाने निर्णय गर्दा उनीसँगै बसिरहेकी उनकी हजुरआमा सँगै जान मानिनन्।यो मेरो घर हो म यहीँ मर्न चाहन्छु,” उनको भनाईबारे मारिया सुनाउँछिन्।मारिया आफ्नी हजुरआमा जीवितै रहे-नरहेकोबारे खबर पर्खिरहेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय