आइतबार , जेठ ८, २०७९

जब आफ्नो नाबालक छोरालाई ‘बर्दी’ भिराएर जर्नेल बानियाँले टिक-टक बनाउन लगाएपछि…..

भूत|पूर्व एक तारे जर्नेल धर्म बानियाँले उमेर नपुगेको छोरा`लाई आफ्नो बर्दी भिराएर टिक टक बनाउन लगाएका छन् । सेना`जस्तो संवेदनशील सुर`क्षा निकायको उपल्लो तहबाट अवकाश`प्राप्त अधिकारीले आफ्नो बर्दी अरु`लाई लगाउन दिनु नै गम्भीर अपराध हुने सैनिक अधि`कारीहरु बताउँछन् ।

बानियाँ`को किशोर उमेरका छोराले जर्नेल पिताको पू`र्ण पोशाक लगाएर सामाजिक सञ्जा`लमा पोष्ट गरेपछि उक्त विषयमा बहस शुरु भएको छ । सुरक्षा निकायका कर्मचारी र अधिकारी`हरु सेवा`निवृत्त भए पनि पदीय दायित्य पूरा गर्ने क्रममा पाएका पोशाक,फुली र तक्माको हिफाजत गर्ने प्रमुख जिम्मे`वारी सम्बन्धित व्यक्तिको भएको हो ।

बानियाँका छोराले पोशाक लगाउँदै हालेको फोटो|मा लेखेका छन्, ‘सेनाका निकै आदर|णीय जर्नेलहरु`मध्येमा पर्नुहुने मेरा पिता धर्म बानियाँको छोरो हुन पाउँदा गौर|वान्वित ठानेको छु ।

’यससम्बन्धमा नेपाली सेनाका एक जना भूत|पूर्व दुई तारे जर्नेलले भने,‘यस्तो गर्न दिने उनका पिताको नैतिक अपचल|न भएको मानिन्छ । उनले नैतिक दायित्व वहन गरेको देखिएन । उमेर नपुगेका छोराछोरीलाई राज्यको सबैभन्दा महत्व|पूर्ण निकायले उपलब्ध गराएको पोशाक लगाएर गाईजात्रा देखाउन दिनु ठूलो दोष हो ।’

उमेर पुगेका कसैले पनि सुरक्षा निकायको फुली|सहितको पोशाक लगाएमा ऊ कारवाहीमा स्वतः पर्छ । तर बानियाँ पुत्रको हकमा उमेर नपुगेकोले सबै जिम्मेवारी उनको पिताले लिनुपर्ने सेनाका भूतपूर्व अधिकारीहरुको भनाइ छ ।

उनै जर्नेलले विग|तको एउटा उदाहरण दिँदै भने, ‘एक जना ठूलै हाकिमले सैनिक पोशाकको फोटो हालेर लेख छापेपछि कारवाहीको दायरामा परेका थिए । त्यसैले त्यस्तो संवेदन|शील पोशाक घरमा ल्याएर जतन गर्न नसक्नेले किन ल्याउनु ? आफूले त ल्याइएको छैन,टण्टै साफ ।’

सोही सन्दर्भमा सैनिक प्रवक्ता नारायण सिल`वालको धारणा बुझ्दा उहाँले फोटो, बालकको उमेर र सन्दर्भ हेर्न नपाएका|ले तत्काल ठ्याक्कै र किटानीसाथ भन्न नसकिने बताउनु|भयो । उहाँले भन्नुभयो, ‘त्यसो भएको छ भने,त्यो राम्रो होइन । सेनाको पदीय मर्यादा र गरिमामा आँच आउने खालका कार्य गर्न कसै`लाई पनि छुट छैन ।’-जनआस्थाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय