आइतबार , जेठ ८, २०७९

विश्वकै ठुलो त्रिशुल रहेको भैरव मन्दिरको दर्शन गरी सेयर गरनुहोला !

पाल्पाको सदरमुकाम तानसेनबाट झन्डै ९ किलोमिटरको दुरीमा रहेको भैरवनाथको मन्दिर प्रख्यात रहेको छ । रिब्दीकोट गाँउपालिका अन्र्तगत पहाडको टुप्पोमा रहेको सो मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सो मन्दिरमा बर्षेनी १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् भने मन्दिरले प्रतिबर्ष भेटीबाट मात्रै ५० लाखको हाराहारीमा आम्दानी गर्ने गरेको छ ।

भैरबको मन्दिरमा त्रिशुल तथा रोटी चढाएर पूजा गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । खासगरी दशैको बेला, मंसिर तथा बैशाखमा उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेको स्थानीयले बताए ।

बि.सं.१४६५ मा पाल्पाका राजा मुकुन्द शेनले भैरवस्थलमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ । यो मन्दिरमा सबैभन्दा ठूलो सुनको त्रिशूल समेत रहेको छ । पाल्पा गौंडाको प्रमुख खड्ग शमशेर राणाले आफ्नी श्रीमतीको इच्छा अनुसार यो मन्दिरमा सुनको जलप लगाइएको ठूलो त्रिशूल राखिएका स्थानीयको भनाई छ ।

जहाँ चढाइन्छ हजारौं रोटी भैरव मन्दिरको मुख्य बिशेषता मध्ये यहाँ चढाइने रोटी पनि हो । एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोटी चढाइने गरेको छ ।

पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल जस्ता मसालाहरु मिसाएर घिउमा पकाउने गरिन्छ । यसरी बनाएको रोटी बटुक भैरब तथा देवीलाई चढाउने प्रचलन रहेको छ । भैरवको पूजा गर्न जाने दर्शनार्थीहरुले आफ्ना इच्छा अनुसारका पनि रोटी बनाउन लगाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय