शनिबार , जेठ १४, २०७९

अभिनेता पल शाह द्वारा अभिनित नयाँ गीत ‘झम्के साँझ’ सार्वजनिक (भिडियो)

काठमाडौं :चर्चित गायक सुनिल गिरीको स्वरमा रहेको गीत ‘झम्के साँझ’ सार्वजनिक भएको छ । अभिनेता पल शाहको अभिनय रहेको म्युजिक भिडियोमा प्रकृती श्रेष्ठ पनि रहेकी छन् । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । यतिबेला पल नाबालिका बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा छन् । गत फागुन दोस्रो साता पक्राउ परेका पल अहिले प्रहरी हिरासतमा छन् ।

भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् ।यसबीचमा पल हिरासतमा रहेका बेला उनले अभिनय गरेको म्युजिक भिडिओ सार्वजनिक भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय