आइतबार , जेठ ८, २०७९

म्यादी प्रहरीको आवेदन दिएर फर्किएकी धनकुटाकी श्रेया यसरी बाटोमै अस्ताइन्

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा जिप दूर्घटना हुँदा सुमो जिपमा सवार सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई को मृ’त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

मृ तक राई आसन्न स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको आवेदन दिएर फर्किदै गरेकी थिइन् । भेडेटारबाट गोलाखाडी तर्फ जादै गरेको मे १ ज २१६२ नं जिप अनियन्त्रित भई सडकमा पल्टिदा अनुहार र टाउकोमा चो’ट लागी ग’म्भिर घा’ईते भएकी राईको उपचारको क्रममा राती २:१० बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दूर्घटना करिब ९ बजे तिर भएको थियो । जिपका चालक सागुरीगढी गाउँपालिका ७ का वर्ष ४१ का सत्यलाल राई प्रहरीको नियन्त्रणमा रहेका छन् ।

चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो।

त्यहाँ पु¥याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। मृत्यु हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी छन्। अर्का एक जनाको पहिचान खुलिसकेको छैन।

ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको मैनालीले बताए। भीरमा खसेको मोटरसाइकल प्रहरीले निकालिसकेको छ।

‘मोटरसाइकल भीरमा अन्दााजी १५ देखि २५ मिटर तल खसेको हो। अहिले निकालिसकेका छौं,’ मैनालीले भने। प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका–६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय