आइतबार , जेठ ८, २०७९

चालीस कटेसी रमाउँला भन्दै विदेश बाट आउदै थिए तर , सोचेका थिएनन् बाटोमै श्रीमती गुमाउँला…

देवदह नगरपालिका–३ सूर्यपुरा टोलका ४२ बर्षीय मणिराम पाण्डे तीन बर्ष पछि विदेशबाट आइरहेका थिए, गायक रानाको गीत गुन्गुनाउँदै । उनले विदेशबाटै श्रीमती माया देवी पाण्डेलाई फोन गरेका थिए, ‘म घर आउँदैछु , तिमी मलाई काठमाडौं एयरपोर्टसम्म लिन आउनु । त्यसपछि सँगै घर जाउँला ।’ फोनको खबरले हर्षविभोर हुँदै गत फागुन ३० गते माया काठमाडौं हिँडिन् । तर दु”र्भाग्य त्यो हर्ष खुशी, क्षणभरमै रोदन र चि”त्कारमा परिणत भयो ।

पूर्व नवलपरासीको देवचुली नगरपालिका प्रगति नगर र लोकाह खोलको बीच सडकमा गाडी दु”र्घटना भयो । बुटवल तर्फबाट आउँदै गरेको ना ६ ख १७ २१ नम्वरको ट्रकसँग पाण्डे दम्पत्ति चढेको लु २ ख ४३१९ नम्वरको नाईटबस बस विहान करिव साढे पाँच बजेतिर एकापसमा ठो”क्कियो । चैत्त २ गते विहानको सो घ’टनामा श्रीमान पाण्डेसहित बसका सबै यात्रु सकुशल रहे तर श्रीमती मायाले सदाका लागि ज्यान गु’माइन् । जबकि उनीहरु घर पुग्न करिव २ घण्टा मात्र बाँकी थियो ।

पी’डित पाण्डे भन्छन्, ‘डाइभरकै पछाडिको सिटमा हामी बूढाबूढी बसेका थियौं । एक्कासी ट्रक बसमा ठो’क्कियो, अगाडि बसेका ड्राईभरलाई केही भएन । मलाई पनि सामान्य धक्का मात्रै लाग्यो । तर सँगै बसेकी मेरी श्रीमतीलाई ताकेरै हाने जस्तो भयो । उनी मेरो काखमा ढलिन् । भरतपुरको सिएमसी अस्पताल लगेपछि डाक्टरले मृ’त घोषणा गरे । Rato Pati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय