
प्युठानबाट दाङका लागि छुटेको बस दु”र्घटना, एक बालिकाको मृ”त्यु ३० जना घा’इते
प्यूठानको माण्डवी गाउँपालिकाको तारिवाङमा याुत्रबहाक बस दु”र्घटना हुँदा एक जना बालकको मृ”त्यु भएको छ । प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दु”र्घटना हुँदा अन्य ३० जना घा”इते भएका छन् । दु”र्घटनामा घा”इते र मृ’तक सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा पुर्याएको छ । दु”र्घटनामा ९ जना ग”म्भीर घा’इते भएका छन् । उनीहरु सबैलाई दाङको बगंलाचुली लैजाने तयारी भइरहेको छ ।
यस्तै,सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा रहेकाे ढकढके लेकमा भ्यू प्वाइन्ट निर्माण गरिहेकाे छ । विभिन्न ठाउँकाे दृश्य देख्न सकिने डरलाग्दाे ढकढके लेककाे टुप्पाेमा छत्रेश्वरी गाउँपालिकाले ५ लाखकाे बजेटमा भ्यू प्वाइन्ट बनाएकाे हाे । ढकढके लेककाे मुनीतिर हेर्दा डरलाग्दाे भीर छ । यहि भीरमा फलामकाे पुल अड्याएर श्रीनगर स्थित काठमाडौ ग्रील उद्योगले भ्यू प्वाइन्ट बनाएकाे हाे । अहिले ढकढकेमा भ्यू प्वाइन्ट बनेसँगै जिल्ला भित्रका पर्यटकहरूकाे फाेटाे खिच्न भीड लाग्ने गरेकाे छ ।
ढकढकेमा भ्यू प्वाइन्ट बनाएलगतै याे क्षेत्रमा पर्यटककाे संख्या वृद्धि भएकाे र यसले नयाँ आयाम थप्ने गाउँपालिका अध्यक्ष सन्ताेष केसीले बताए । उनले पालिका भित्र धार्मिक तथा पर्यटकीय हव बनाएकाे समेत दाबी गरेका छन् । अब छत्रेश्वरी गाउँपालिका घुम्नलाइ मान्छेले एक दिनकाे समय छुट्याउँछन् ।’ उनले भने, ‘यहाँ शंकपार्क, छाँयाछेत्र मन्दिर, चाँदनी गुफा, ढकढके लेक जस्ता आकर्षक केन्द्र भएका छन् ।’