बुधबार , जेठ ४, २०७९

बलात्कारपछि हत्या गरिएकी करुणाको परिवारलाई आर्थिक सहयोग

लेटाङ । बलात्कार पछि हत्या गरिएकी लेटाङ ८ का ११ बर्षिय करुणा राईको परिवारलाई नेपाली कांग्रेस क्षेत्र नंम्बर १ मोरङले आर्थिक सहयोग गरेको छ । क्षेत्रीय सभापती शंकर राईले आईतबार करुणाको घरमा पुगेर ४० हजार रुपैया सहयोग गरे । कांग्रेसको क्षेत्रीय समितिद्वारा श्रद्धान्जली सभा कार्यक्रममा गरिएको आर्थिक सहयोग रकम करुणाका बुवा अजय राईलाई हस्तान्तरण गरियो ।

रकम हस्तान्तरण गर्दै क्षेत्रीय सभापती तथा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले समाज लुप्त रुपमा बसेका मानवरुपि दानबहरुले यस्ता जघन्य घट्ना कति बेला गर्ने हुन पत्तो नहुने भएकाले यस्ता अपराधिलाई कानुन परिबर्तन गरेर मृत्युदन्डको सजाय दिन पर्नेमा जोड दिए ।

अबोध बालिकाहरु माथी नेपालमा हिंसा , बलात्कार तथा हत्याका घट्ना धेरै हुँदै गरेको भन्दै राईले कानुन बनाएर मृत्युदन्ड ल्याउनु पर्नेमा जोड दिए । राईले करुणाको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै टिनको छानो समेत लगाईदिने घोषणा गरे । हाल लगाएको छानो चुहिने भएर समस्या भएको भन्दै स्थानिय नेता बुद्दराम राईले जानकारी गराएपछि मेयर राईले टिनको नयाँ छानो लगाइदिने बताए । लेटाङ नगरपालिकाले समेत मानसिक रुपमा कमजोर भएको पिडित परिवारलाई आर्थिक समस्याले गर्दा थप कमजोर बन्नु नपरोस भनी आर्थिक सहयोग गर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय