बुधबार , जेठ ४, २०७९

अभागी निर्मला , ठूलै परिवर्तन हुन्छ र जनताको दिन खुल्छ भनेर बन्दुक बोकेर लडिन्, आज मर्नका लागि लड्दै छिन

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पी”डा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अ”शक्त अवस्था देख्दा उनी भ”क्कानिन्छन्।

तत्कालीन माओवादी द्व” न्द्वमा घरपरिवार त्यागेर पूर्वल”डाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पी डा हुन्छ तर बाल्यावस्थाका उनी नि”रीह छन्। ‘आमा सधैं भुइँमा नां” गै सु”त्नुहुन्छ। सु” त्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’

निर्मला उपचार खर्चको अभावमा मृ” त्युसँग संघर्ष गरिरहेकी छन्। ‘छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दि”सापि”साब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि जलेका थिए। ‘घरमा एक्लै थिई।

दुईवटै खुट्टा आ”गोमा परेछन्। सबै ज लेको। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘ज लेर कु” हिएको खुट्टा ग” नाएर घरमै बस्न नसकिने। अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भोग्नुपरेको पी”डाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि ल डेकी, आज म”र्नका लागि ल” ड्दैछे।’

दिसापिसाब तर्काउन नसकेपछि अनि ज लेको खुट्टा ग”नाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको हो।

‘सुरुमा इन्डिया लगेर उपचार गरेको, भएन। धामी, झाँक्री, जडीबुटी सबै गरेम्। सन्चो होला भनेको, उस्तै छ’, सासू क्वारीले भनिन्। छोराले माओवादीको सेना हुँदा बिहे गरेको क्वारीले सुनाइन्। ‘बिहे गरेको केही समयमै बुहारी बिरामी परी। आठ वर्षको नाति छ। बिचरोले आमाको दूध पनि खान पाएन। भैंसी र बाख्राको दूध खाएर हुर्केको हो। घर चल्न धौ भएपछि परार छोराले अर्को बिहे ग-यो। यो बुहारी दिनभर बाहिर बस्छे, राति बाख्राको कोठामा लग्छौं’, क्वारीले भनिन्।

निर्मलालाई वर्तमान उपराष्ट्रपति तथा तत्कालीन माओवादी सेनाका सैन्य कमान्डर नन्दबहादुर पुन पासाङले ल” डाकुसम्बन्धी तालिम दिएका थिए। निर्मलाको बन्दुकको बलमा विभिन्न ल डाइँ ल डेका अर्का कमान्डर रोल्पाकै वर्षमान पुन ऊर्जामन्त्री छन्। माओवादी लडाकुको पाँचौं डिभिजन दहवन रोल्पाका कार्यवाहक कमान्डर राजबहादुर बुढाजिल्ला समन्वय समिति प्रमुख छन।

तर उनीहरु कसैको नजर मृ त्युसँग संघर्ष गरिरहेकी निर्मलामाथि परेको छैन। निर्मलाको घर भएकै क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव जिते। २०७० मा माओवादी नेत्री ओनसरी घर्तीले चुनाव जितिन् र सभामुख बनिन्। यसपाला वर्षमानले चुनाव जि ते। तर उनीहरुले पनि निर्मलालाई सम्झेका छैनन्।

चरम गरिबीमा बाँचिरहेको निर्मलाको परिवारसँग उनको उपचार गर्ने सामथ्र्य पनि छैन। सासूले सकेको जति स्याहार गरेकी छन्। ‘कपडा दिनकै फेर्नुपर्ने तर छैन। यी अहिले पनि नां गै छे’, क्वारीले भनिन्। निर्मलाका लागि न लगाउने कपडा छ न सुत्नका लागि बिस्तारा नै।

जाडो, गर्मी, वर्षा, जहिल्यै खाली भुइँमा दिनरात बित्छ। निर्मलाको भोकप्यास साधनाको आवश्यकताले भन्दा पनि घरका सदस्यको फुर्सदमा भर पर्छ।माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्।

उनका पति पुर्वान विक अयोग्य ल” डाकुमा परेको थिए। निर्मला भने दोस्रो प्रमाणीकरणमा पनि परेकी थिइन्। त्यही बीचमा उनलाई उपचारका लागि पतिले भारत लगे। उतै मजदुरी गर्दै उपचार गराए तर निको भएन। निर्मलाको उपचारमा करिब पाच सात लाख खर्च गरेको परिवारले बताएको छ। अब त उनीहरुसँग सामान्य औषधि किन्ने पैसा पनि छैन। निर्मलाका पति पुर्वान दोस्रो बिहे गरेर भारततिरै लागेका छन्। निर्मलाको उपचारमा करिब पाच सात लाख खर्च गरेको परिवारले बताएको छ। अब त उनीहरुसँग सामान्य औषधि किन्ने पैसा पनि छैन। निर्मलाका पति पुर्वान दोस्रो बिहे गरेर भारततिरै लागेका छन्। नागरिक न्युज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय