बुधबार , जेठ ४, २०७९

नेपाल राष्ट्र बैंकमा कार्यरत आठ महिनाकी गर्भवती कृति थापाको मृ’त्यु दया छ भने Rip

एक गर्भवती युवतीको नि,धन भएको छ ।महामारीको लक्षण नदेखिए पनि उनको ज्या’न जानुको कारण संक्रमण नै भएको बताइन्छ । आमाको नि’धन हुनु अगावै आठ महिना लागेको गर्भको शिशुलाई सुरक्षितसँग निकालिएको छ । शिशुलाई संक्रमण देखिएको छैन, तर अवस्था जटिल भएकाले भेण्टिलेटरमा राखिएको बताइएको छ ।

३० वर्षकी छोरीको अवस्था खराब हुँदै गएपछि केही दिनअघि मृ’तक युवतीको आमाको हृदय पनि एकाएक बन्द भएको छ । नि,धन भएकी युवतीका श्रीमान सरकारी सेवाको सिलसिलामा सात समुन्द्रपारी जाने तयारी छन्

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा कार्यरत कृति थापामगरको तिहारको मुखैमा संक्रमणको कारण निधन भएको छ । यसअघि नै दुई डोज खोप लगाइसकेकी थापालाई परीक्षणसम्म पनि कुनै लक्षण नदेखिएको पारिवारिक र कार्यालय स्रोतले बताएको छ । दुई जीउकी उनी दशैंमा टीका लगाउन उपत्यका बाहिर अर्थात् माइत जाँदा संक्रमित भएको आशंका गरिएको छ । तर, दशैंपछि कुनै पनि लक्षण भने नदेखिएको सबैले बताएका छन् ।

बैंकका उनका समकालीनहरु भन्छन्, ‘दशैंपछि थापाको हात गोडा सुन्निएको थियो । पहिले थापाथलीस्थित नर्भिक अस्पतालमा जचाउँदा उनलाई गर्भावस्थाको कारणले शरीरका भाग सुन्निएको भनियो । तर, क्रमशः अवस्था खराब हुँदै गएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरियो ।’

उनी कार्यरत बैंकको बैंकिङ विभागका एक जना कर्मचारीले भने, ‘संक्रमणको कारण निधन भएको भनिएको छ । तर, उनमा संक्रमणको कुनै पनि लक्षण देखिएन । दशैंपछि उनमा देखिएको समस्या भनेको हात गोडा सुन्निएको मात्र हो । पेटको गर्भ सात पुगेर आठ महिना मात्र लागेको थियो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय