शनिबार , जेठ १४, २०७९

बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका पुरूषको नि’धन

बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको नि’धन भएको छ। द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मु’टु प्र’त्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा नि’धन भएको हो। उनको शरीरले बंगुरको मुटुलाई अ’स्वीकार गरेका कारण मृ’त्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्र’त्यारोपण गर्ने चिकि’त्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्।

अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी मानिसहरू विभिन्न अंग प्रत्या’रोपणका लागि कुरिरहेका छन्। अर्गान डोनर डट जिओभीका अनुसार मुटु, कलेजो, किड्नीलगायत अंगहरू नपाएर दैनिक १७ जना मानिसले ज्यान गु’माउँछन्। बेनेटका हकमा भने मान्छेको मुटु प्रत्या’रोपण गर्ने विकल्प पनि बाँकी थिएन। तर उनी बाँच्न चाहन्थे। उनको बाँच्ने जिजिविषा देखेरै चिकि’त्सकहरूले नयाँ विकल्प सुझाए, बेनेटमा बंगुरको मुटु प्र’त्यारोपण गर्ने। गत अक्टुबरमा चिकि’त्सकहरूले ‘ब्रेन डेथ’ भइसकेकी महिलामा बंगुरको किड्नी प्रत्यारोपण गरेका थिए।

बेनेटको दुई महिनापछि मृत्यु भए पनि उनमा भएको बंगुरको मुटु प्र’त्यारोपणलाई वैज्ञानिकहरूले विज्ञानको फड्को मानेका छन्। यो घटनाले मुटु प्र’त्यारोपण क्षेत्रलाई एक कदम अगाडि बढाएको उनीहरूको ठम्याइ छ। मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण हप्तौंदेखि अस्पतालमा थिए। उनको उपचारका लागि चिकि’त्सकहरूले सबै विधि अपनाएका थिए। बेनेटको स्वास्थ्य यति कमजोर थियो कि उनी मान्छेको मुटु प्र’त्यारोपणका लागि अयोग्य ठहरिए।

पछिल्लो समय वैज्ञानिकहरूले बंगुरका अंगहरूलाई मानव शरीरले स्वीकार्ने सम्भावना बढी भएको पत्ता लगाएका थिए। बंगुरहरू हुर्काउन पनि सहज हुने र ६ महिनामै उसका अंगहरू वयस्क मानिसका लागि सुहाउँदा हुने भएकाले पनि वैज्ञानिकहरूले बंगुरमा जोड दिएका थिए। यसअघि वैज्ञानिकहरूले बंगुरका मुटु ५० वटा बबुनमा प्र’त्यारोपण गरेका थिए। बंगुरको मुटुका भल्भहरू मान्छेको मुटुमा राख्ने क्रम त पछिल्लो समयमा निकै बढेको छ। बेनेटको शरीरमा मुटु प्र’त्यारोपण गर्न लागिएको बंगुर जेनेटिक इन्जिनिरिङबाट तयार पारिएको थियो।

बेनेटले आफ्नो कुरा बुझ्दैनन् कि भन्ने उनलाई डर थियो। बेनेटले भनिदिए- हुन्छ, त्यसपछि म बंगुरजस्तै कराउँछु होइन? अप्रेशनको अघिल्लो दिन बेनेटले बाँच्ने आशमा आफूले बंगुरको मुटु लिएर अँध्यारोमा तिर हानेको बताएका थिए। कि मर्नु पर्ने कि यो प्रत्यारोपण गर्नुपर्ने अवस्था भयो। म बाँच्न चाहन्छु। मलाई थाहा छ, यो अँध्यारोमा हानिएको तिर हो तर यो नै मेरा लागि अन्तिम विकल्प हो,’ बेनेटले भनेका थिए। सबै तयारी पूरा भएपछि बंगुरको मुटु निकालेर विशेष भाँडोमा राखिएको थियो। डाक्टर ग्रिफिथको टिमले आठ घन्टा लगाएर बंगुरको मुटु बेनेटको शरीरमा राखेको थियो।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले डिसेम्बर ३१ मा बंगुरको मुटु मान्छेमा प्र’त्यारोपण गर्न अनुमति दिएको थियो। बेनेटको शल्यक्रियाको नेतृत्व डाक्टर बार्टली ग्रिफिथले गरेका थिए। उनी युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरको मुटु प्र’त्यारोपण कार्यक्रमका प्रमुख पनि हुन्। एफडिएको अनुमतिपछि डाक्टर ग्रिफिथले बंगुरको मुटु प्र’त्यारोपणको अन्तिम तयारी थालेका थिए। ‘मैले बेनेटलाई मान्छे मुटु दिन सक्दैनौं तर बंगुरको मुटु प्रयोग गर्न सक्छौं भनें,’ डाक्टर ग्रिफिथले भने,‘यसअघि कहिले पनि यस्तो गरिएको छैन तर हामी सक्छौं भन्ने लाग्छ।’

बेनेटको मृ’त्युपछि डाक्टर ग्रिफिथले उनको साहसको प्रशंसा गरेका छन्। उनले आफूलाई अन्तिमसम्म लड्ने साहसिक बिरामीका रूपमा प्रमाणित गरे। बेनेटको बाँच्ने साहस र दृढ इच्छाका कारण संसारभरिका मानिसले उनलाई चिने,’ डाक्टर ग्रिफिथले भने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय