शनिबार , जेठ १४, २०७९

हास्य कलाकार पल्पसा डंगोल “चम्सुरी” को सफल मृगौला प्रत्यारोपण (भिडियो सहित)

हास् अभिनयकालागि ख्यातिप्राप्त लोकप्रिय अभिनेत्री पल्पसा डंगोलको मृगौलाको प्रत्यारोपण शिक्षण अस्पताल माहाराजगन्जमा भएको छ । बिगत केही महिना देखी अभिनेत्री पल्पसाको किडनीले काम गर्न छोडे पछि प्रत्यारोपणका लागि पहल भैरहेको थियो । नेपालको कानुन अनुसार किडनी प्रत्यरोपणका लागि नजिकका आफन्त हुनुपर्ने कारणले पल्पसाका भाई अजु डंगोलले किडनी प्रदान गर्नु भएकोछ ।

बुधबार सम्पन्न करिब ५ घण्टा लागेको प्रत्यारोपण कार्यमा प्राध्यापक डा दिव्या सिंहको नेतृत्वमा प्रा डा उत्तम कुमार श्रेष्ठ,प्रा डा प्रेम ज्ञवाली,प्रा डा महेशराज सिग्देल,प्रा डा पवन बस्याल,प्रा डा भोजराज लुईटेल,लगायतको टिम रहेको थियो । अभिनेत्री पल्पसाको उपचारका लागि शुरू देखि नै डा सौरभ सिंह हमालले समन्वय गर्नु भएको थियो

अस्पताल सुत्रका अनुसार पल्पसालाई हप्ता दिन सम्म आई सि युमा राखिनेछ र भाई अजुले पनि ४/५ दिन सम्म बस्नु पर्ने हुन्छ ।

नेपाल चलचित्र कलाकार संघबाट अध्यक्ष रबिन्द्र खडकाले जानकारी गराए अनुसार संघका पदाथिकारीहरु शिक्षण अस्पतालमा रहेर आबश्यक समन्वयको कार्य गरिएको बुझिएको छ ।

अभिनेत्री पल्पसालाई बिशिष्ट अभिनेत्री बशुन्धरा भुशालको संयोजकत्वमा रहेको चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले संघको सिफारिसमा उपचार सहयोगका लागि दुईलाख प्रदान गर्ने निर्णय पनि गरेको छ । हाल अभिनेत्री पल्पसाको स्बास्थ्य राम्रो रहेको बताईएकोछ । भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय