बुधबार , जेठ ४, २०७९

बुष्टर डोज लगाएको राती अत्यधिक ज्वरो, सातदिन पछि गर्भवती पूजाको मृ,त्यु !

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखोला निवासी वली पत्नि २४ बर्षीया पूजा देबकोटा वलीको भारतको लखनउमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

पूजा ५ महिनाकी गर्भबति थिइन । दाङको दंगीशरण गाउँपालिका वडा नं।३ एकली माइती भएकी पूजाका ठूला बुवा टिचन्द्रभवन देवकोटाले शब नेपाल ल्याउन रुपैडीहासम्म गाडी पठाइएको जानकारी दिए ।

ठूलो बुवा देवकोटाका अनुसार कोभिड–१९ बिरुद्धको भ्याक्सिन लगाएपछि ५ महिनाकी गर्भबति पूजा एकाएक बिरामी परेकी थिइन ।

झन्डै दुई बर्ष पहिले बिहे गरेकी पूजाले एक हप्ता अगाडि सल्यानको श्रीनगरमा कोभिडको बुष्टर डोज लगाएको र सोही दिन रातिदेखि उनलाई अत्यधिक ज्वरो आउन थालेपछि उपचारका लागि नेपालगन्ज लगिएको ठूलोबुवा टिचन्द्रभुवनले जानकारी दिए ।

कोभिडको बुष्टर डोजपछि एकाएक ब्लड इन्फेक्सन भएको भनेर उपचारमा संलग्न चिकित्सकले बताएको टिचन्द्रभुवनले जानकारी दिए । पूजालाई त्यसपूर्व कुनै समस्या नरहेको ठूलो बुवा टिचन्द्रभुवलने दाबी गरे ।

‘बुष्टर खोप लगाएकै दिन राति अध्यधिक ज्वरो आउँदा पूजालाई रातारात नेपालगन्ज लगिएको थियो,’ टिचन्द्रभुवनले भने ‘ त्यहाँ चिकित्कसले ब्लडमा इन्फेक्सन भएको भन्दै थप उपचारका लागि भारतमा लैजान सुझाएको हुँदा दुई दिन अगाडि भेन्टिलेटरसहितको एम्बुलेन्स भारतबाट मगाएर लगिएपनि बचाउन सकिएन।’

नेपाल सरकारले तीन महिना माथिका गर्भबतिलाई कोभिड–१९ बिरुद्धको खोप लगाउन अनुमति दिएको छ । पूजाको उपचारका क्रममा लखनउमा बुधबार बिहान मृत्यु भएको पारिवारीक स्रोतले खबर दिएको छ । ठूलोबुवा टिचन्द्रभुवनले घटना छानविनको मागसमेत गरे ।

https://nepalisurya.com बाट सांभर गरिएको।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय