शनिबार , जेठ १४, २०७९

इन्डियन लाहुरेको श्रीमाती होटलमा मृ’ त भेटीईन , केटासंग होटल गएको खुलासा ( भिडियो सहित )

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको श’व फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्र’हरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्र’हरीलाई खबर गरेका थिए । अहिले इलाका प्र’हरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ ।

महिलासँगै बसेका पुरुष फ’रार छन् । उनले ह’ ‘त्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चो’ट’स’मे’त देखिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृ’तकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनले भने, ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहेछ ।

श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ । मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको स’म्ब’न्धले उनको ह’ ‘त्या भएको हुनसक्ने आशङ्का गरिएको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताएका छन् । पुरा जानकारीको लागि भिडियो फेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय