शनिबार , जेठ १४, २०७९

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, नपढे तपाईँ लाई पछुतो हुनेछ

दियु पौडेल : सुदुर समाज – समयको वहावसंगै वग्दै जाने जिन्दगीका सम्झनाहरु वगेर कहिले काॅहि निकै तल पुग्दा रहेछन्,तर कहिले काहिॅ तरेर पारि पुग्न नसकेका जिन्दगीहरु याद वन्दै सम्झनामा कैदि वन्दा रहेछन् ,फेरी पनि फर्के हुन्थ्यो जस्तो लाग्छ ति दिनहरु तर फर्किॅदो रहेनछ! म एउटा भग्नावशेष तयार पार्दैछु ! तस्बिर गुगलवाट साभार गरिएको फाइल फोटो **थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’**

थाहा छैन म यो विरोधाभाष् कथा किन लेखिरहेको छु!

समाजमा यस्ता घटनाहरु किन लुकाईन्छ !यो विरोधाभाष् कथा लेख्न हुन्छ वा हुॅदैन वा कलम र मनभित्रको साथित्व कहाॅ वाट आउॅछ !यो मुटुहरु किन रंगिन्छन् र अर्को हावाहरुको स्पर्शसंग सासहरु किन तातिन्छन् ,मनभरि कुरामा कुरा गुम्सिॅदै एउटा छिमेकी फोक्सो घुम्म फुलिरहेको छ !म जिन्दगीको सुरुवातमै एक्लो एक्लो छु !कोहि आफ्नो छ भन्नु पनि ठुलो कुरा हुन्छ !आफ्नोपन त जसले पनि देखाउॅछ आफ्नो को हो त्यो समयलेनै देखाउॅछ !वेलुका चाॅडो आएस् नि वुवाले आवाज दिनुभयो ..हवस् वुवा !

म काॅधेझोला भिरेर स्कुल हिॅडिरहेको छु!विभिन्न स्कुल ,कलेजका विभिन्न पोशाकहरुले पुरै वजार रंगिएको छ !केहि हुल मानिसहरु ओहोर दोहोर पुरै वाटो छेकिएको छ !ठुलो संसार अनि आकाशलाई च्यालेन्ज गर्दै उडिरहेको हवाईजहाज मेरै अगाडिवाट उडेर जान्छ !म हेर्छु र नितान्त मौनतामा वसिरहन्छु ,सेतो हिॅउ जस्तै कहिले पग्लिने अनि कहिले जम्ने स्वभावको छैन म ..वाहिर कसैले जे सुकै गरोस्

मलाई अर्काको व्यक्तिगत प्रश्न गर्ने चाॅसो छैन!

ओई सरु कता हो घुम्म परेर हिॅडिरहेकी छस् छेउमै आएर पुजाले वोल्दा झसंग झस्किन्छु !आज किन ढिला गरेकी हॅ मैले भने , उसले कसैले सुन्ने हो कि झै गरेर भनि विशाललाई चिठ्ठि लेखेको थिॅए वस् दिएर आउॅदा ढिला भयो !विशाल उसको प्रेम गर्ने मान्छे …

यहि हो तिम्रो दिन पढ्ने उमेरमा खुव प्रेम पत्र लेख्न परेको ,वुढा हुॅदा हुॅदै के हो तेरो पारा…तॅ पनि मलाई यस्तो गालि गर्छेस् है सरु ..तॅलाई के थाहा प्रेम कस्तो हुन्छ ! ..भयो अव धेरै नवोल मेरो पनि वोल्नेदिन आउलानि वावै ..लामो सास वोकेर ऊ थोरै अगाडि वढि !

जिन्दगीका सपनाहरु आफुभित्र खोपेर,जिन्दगीका सपनाहरु छातिभित्र वुनेर छाति वाहिर यर्थाथका पलहरुलाई टाॅसेर जिउॅनु पर्ने यो जिन्दगीको भोगाई वेग्लै हुॅदो रहेछ!सपनाहरु देखुन्जेल सम्मन् मिठो र राम्रो लाग्ने यो जिन्दगी.. जव विपनाको धरातलमा व्युॅझिन्छ साह्रै नराम्रो लाग्दो रहेछ ! सुख र दुखमा आॅशुवाट साहारा लिॅदै जिउनु पर्दो रहेछ.. सरु तॅ पनि विवाहितनै होस् तॅ त कति खुशि छस् है ?तेरो जिन्दगी कति फराकिलो आकाश जस्तो छ कति गहिरो सागर जस्तो छ! यसो नभन न पुजा म पनि त तॅ जस्तै त छु नि !कुनैदिन मिलेछ भने भनुॅला ..जाउॅ अव स्कुल लाग्ने वेला भयो !हाम्रो विवाह कति सानैमा भयो है ! सुन्तलाहरु किलोमा वेचिएझै हाम्रो जिन्दगीपनि यसरीनै वेचिएको छ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय