बुधबार , जेठ ४, २०७९

अन्तिम पटक हेर्नुस् ! स्वर्गीय कलाकार जयनन्द लामाको स्वर र अभिनय रहेकाे याे अ’न्तिम गीत (भिडियो)

लोकप्रिय गायक तथा कलाकार जयनन्द लामाको बुधबार असामयिक नि- धन भएको छ । उनको नि- धनले नेपाली कलाकारिता क्षेत्रमा शोक छाएको छ । सामाजिक सञ्जाल मार्फत थुप्रै कलाकारहरुले उनी प्रति श्रद्धाञ्जली अर्पण गरिरहेका देख्न सकिन्छ ।

यस्तै केही साता अगाडि मात्र स्वर्गीय लामाको पछिल्लो गीत ‘महाभार लेकको जंगलमा याला’ सार्वजनिक भएको थियो । लामाले करिब दुई दशकपछि यो गीत दर्शक तथा श्रोतामाझ ल्याएका थिए । लामाकै शब्द तथा संगीत रहेको लोक गीतमा उनलाई गायिका दीपा लामाले साथ दिएकी छिन् । उक्त गति स्वर्गीय लामाले ३०-४० वर्षअघि नै संकलन गरेको थिएँ ।

जुन पहाडी र हिमाली क्षेत्रमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो । ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो’ गीत सार्वजनिकको समय गायक लामाले भनेका थिए ।

हेर्नुहाेस् उक्त भिडियाे गित:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय