बुधबार , जेठ ४, २०७९

प्रियंकाले छोरीलाई भनिन्- ‘आमा बनाएकोमा धन्यवाद बदाम’ (फोटोफिचर)

अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । ५ महिना अगाडि छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् ।

छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी

बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।

यसैक्रममा उनले शनिबार छोरी आयंकाको पास्नीको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरका साथ बितेको ५ महिना आफ्ना लागि सबैभन्दा कठिन र महत्वपूर्ण रहेको बताएकी छन् ।

उनले छोरीलाई ‘मेरो प्यारो बदाम’ भनेर सम्बोधन सहित केही शब्द पोष्ट समेत गरेकी छन् । जसमा आयंकाको आगमनले जीवन सुन्दर र पुरा भएको लेखेकी छन् । प्रियंकाका प्रेम, बिवाह र गर्भवस्थादेखि हालसम्म पनि निरन्तर चर्चामा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय