शनिबार , जेठ १४, २०७९

सुगाँलाई छोराछोरीजस्तै पालेकी सुगाँवाली, मान्छेजस्तै फरर बोल्छ्न (भिडियो हेर्नुस)

समयसमयमा मान्छेहरु टिकटक, फेसबुक लगायतका सामाजिक संजालमा भाइरल हुने गर्दछ्न । हरेक मानिसहरु आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा एकदमै भा”इ”र”ल सुँगावाली जो सुँगालाई आफ्नो छोराछोरी झै पालेर छाएकीछिन, उनी मिडियामा आएकीछिन

।हामी सबैलाई थाहा भएकै कुरा हो सुगा मान्छेझै बोल्न सक्छ तर सुँगालाई मान्छेझै बोल्न सक्ने बनाउनु भने निकै अप्ठ्यारो कार्य रहेको छ । हेटौडा घर भएर बसोबास गर्दै आएकी सुनिता मोक्तान नाम गरेकी एक महिला सुँगालाई आफ्नो छोराछोरी झै पालेर बोल्न सक्ने बनाएर टिकटकमा भाइरल बनेकीछिन । उनका दुई मुस्कान र कान्छा नाम गरेका सुँगा रहेका छ्न जो मान्छेजस्तै फरर बोल्न सक्छन । १३ बर्षदेखी कान्छालाई पालिरहेकी उनले दुई बर्षअगाडीदेखि मुस्कानलाई पनि पालिरहेकि छिन ।

टिकटकमा उनिहरु बोलेको भिडियो हालेर उनी पछिल्लो समय छाएकीछिन । सामान्य पसल गरेर जिबिका चलाइरहेकी उनको सुगाँप्रतीको माया एकदमै अनौठो किसिमको रहेको छ, सुँगाले पनि उनलाई आफ्नै आमा झै माया गर्छन । मुस्कान सधै उनको टाउकोमा बस्ने गरेको र कान्छा काँधमा बस्ने गरेको उनले बताइन । सुगाँसँग मान्छेझौ बोलेर घन्टौ बिताउँछिन उनी । बोल्ने मात्र नभएर मान्छेझै हाँस्छ्न पनि उनका दुई सुगाँ । आफ्नै सुरमा बोलिरहने सुगाँहरुसँग दोहोरो कुराकानी पनि हुनेहरेको उनी बताउँछिन ।

कान्छा र मुस्कानले उनलाई माया गरिदेउ भन्दा गालामा माया गर्ने गरेको उनी बताउँछिन । मुस्कानलाई कहिलेकाही टाउकोबाट हाततिर ल्याउने गरेको तर उ जहिले टाउकोमा नै बस्नेगरेको उनले बताइन । सुगाँहरु हरपल आफ्नो साथमा नै रहन मन पराउने उनी बताउँछिन । उनि बाहिर गएर घर फर्किदा आमा आउनुभयो भन्दै निकै खुसी हुन्छ्न यी सुगाँहरु । कहिलेकाहीँ घर छोडेर सुगाँहरु बाहिर निस्किदा आफूलाई निकै नै चिन्ता हुनेगरेक्क उनको भनाई छ ।

एकपटक मुस्कान घर छोडेर दुई दिनसम्म घर नफर्किदा आफ्नो आँखाबाट आँसु आएको बताउँछिन उनी । पंक्षीलाई मनदेखि नै माया गर्ने हो भने उनिहरुले आफ्नो कुरा बुझ्ने उनले बताइन । मेसेन्जरको टोन मुखबाट नै हुबहु बोल्दा रहेछ्न यी सुगाँहरु । कान्छोलाई भने उनले जङ्गलमा अलपत्र अबस्थामा रहदा भेटेकी रहिछिन । उनिहरु उडेर घर छोडेर गएपनि अन्त्यमा घर फर्केर आउनेगरेको उनी बताउँछिन । आफू घरबाट बाहिर निस्किदा समेत भिडियोकल मार्फत उनिहरुसँग कुराकानी गर्ने गरेको उनी बताउँछिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय