बुधबार , जेठ ४, २०७९

बुबा बितेको सातादिन नबित्दै आमालाई पनि गु,माए दया छ भने Rip लेख्नुहोस

बागलुङ, २ फागुन- लोकप्रिय सङ्गीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ

। उहाँले बुबा बितेको सातादिन नबित्दै आमालाई पनि गुमाउनुभएको छ । गलकोट नगरपालिका–७ मल्म निवासी ८१ वर्षीय बुबा बलहादुर दिवङ्गत हुनुभएपछि ।

किरियामै रहेका बेला अविरललाई मातृशोक परेको हो । उहाँकी आमा चित्रकुमारीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । श्रीमान् बितेको दुई दिनमै मष्तिष्कघात भएपछि चित्रकुमारीलाई उपचारका लागि पोखरा पुर्याइएको थियो ।

औषधोपचारले निको नभएर स्वास्थ्य जटिल बनेपछि उहाँलाई आइतबार घर ल्याइएको थियो । अविरलका भाइ कर्णले बुबाआमा दुवैमा उच्च रक्तचापको समस्या

देखिएको र त्यसले मष्तिष्कघात निम्ताएको बताउनुभयो । बुबाकोझैँ समस्याले आमा पनि बित्नुभयो, बचाउन सकिएन उहाँले भन्नुभयो ।

बलबहादुरको गत मङ्गलबार निधन भएको थियो । दुवैको एकैबेला भएको निधनले परिवारजन र छरछिमेकी शोकमा छन् ।

दिवङ्गत चित्रकुमारीको आजै स्थानीय गौँदी घाटमा अन्त्येष्टि गरिएको छ । उहाँका दुई छोरा, तीन छोरी र नातिनातिना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय