शनिबार , जेठ १४, २०७९

भगवान बिष्णुका ६ वाणी, जसको कृपाले कंगाल व्यक्ति पनि बन्न सक्छन् करोडपति

शास्त्रमा भगवानको तिन स्वरूप ब्रह्मा, विष्णु र महेश भनिएको छ। ब्रह्माले संसारलाई उत्पन्न गरेका हुन् र विष्णुले पालन पोषण गर्छन र महेशले शिवजी संहार गर्छन। विष्णुको शाब्दिक अर्थ हो जो सबैमा व्याप्त हुन्छन् । बिष्णु पुराणको अनुसार भगवान बिष्णुको कृपाले कुनै पनि कंगाल व्यक्ति धनवान बन्नसक्छ।

बिष्णुसँग जोडिएका ६ बिशेष कुरा:भगवान बिष्णुको चतुर्भुज स्वरूप (चार हात भएको) सबैभन्दा धेरै प्रसिद्ध छ। यो स्वरूपको पुजा धेरै मानिसले गर्छन्।भगवानको दुई हातमा गधा र चक्रको स्वरुपमा सजाय दिने हतियार छ। अरु दुई हातमा शंख र कमल छ जुन पुरस्कार दिनको लागी हो।बिष्णुजी शेषनागमा बिस्राम गर्छन। उनको रंग बादल जस्तो श्याम बर्णको छ। बिष्णु लक्ष्मीको पति हुन्।

विष्णुलाई संसारको पालन पोषण गर्ने देवता मानिन्छ। संसारमा जव जव बिनाश गर्ने शक्ति बढ्छ तब भगवान बिष्णु अवतार लिएर त्यसको बिनाश गर्छन। यो कारणले गर्दा पनि भगवान बिष्णु भगवानहरुको स्वामी हुन्।भगवान बिष्णुको परिवारमा उनकी पत्नी लक्ष्मी, शेषनाग, र गरुड छन्।यी हुन् भगवान बिष्णुको प्रशिद्ध अवतार, मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, पर्शुराम, श्रीराम, श्रीकृष्ण, बुद्ध, कल्की।

यसैगरी लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ । हरेक व्यक्ति आफ्नो घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्छन्।अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो घरको पूजा कोठामा स्थापित गरेका पनि हुन्छन् । तस्विर होस् या मूर्ति, लक्ष्मीको रुप हरेक घरमा देखिन्छ ।सायदै मानिसलाई मात्र थाहा होला, लक्ष्मीको कुन चाहिँ प्रतिमा आफ्नो लागि शुभ हुन्छ भनेर । लक्ष्मीको यस्ता मूर्तिले तपाईंको घरमा सुख, समृद्धि ल्याउन सक्छ ।

यदि तपाईंसँग लक्ष्मीको मूर्ति छैन भने शुक्रबारको दिन तपाईंले लक्ष्मीको मूर्ति स्थापना गर्न सक्नु हुनेछ ।शास्त्रअनुसार धन सम्बन्धी आवश्यकताको पूर्ति गर्ने हो भने महालक्ष्मीलाई प्रसन्न पार्न आवश्यक हुन्छ । महादेवीलाई प्रसन्न पार्न प्रत्येक दिन यस किसिमले विधिवत रुपमा पूजा गर्नु पर्ने हुन्छ ।यसका साथै जुन घरमा सुन तथा चाँदीले बनेको महालक्ष्मीको मूर्ति राखिन्छ त्यस घरमा कहिल्यै पनि गरिबीको बास नहुने धार्मिक विश्वास रहिआएको छ ।पैसासँग जोडिएको समस्यालाई हटाउनका लागि महालक्ष्मीका साथै भगवान विष्णुको पूजा गर्नु उपयुक्त हुन्छ । देवी लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् । त्यसैले विष्णुको पूजा गर्ने भक्तप्रति धनकी देवी लक्ष्मीको विशेष कृपा रहने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय