बुधबार , जेठ ४, २०७९

फोनमै प्रेम गरि भेट नभै फोन मै बिबाह गरेकी श्रीमती पैसा खाएर फ’रार भइन्(भिडियो हेर्नुस)

वैदेशिक रोजगारीको क्रममा अहिले देशमा जति रेमिटेन्स भित्रिएको छ त्यति नै मात्रामा सामाजिक बि’कृ’ती पनि निम्तिएको हामिले देख्दै र सुन्दै आएका छौँ । घर परिवार लाई केही कमाएर सुख दिने आशमा बिदेशिएका कयौ युवा युवतिहरु बिदेशमा गएर दुख गर्छन । तर उनिहरुले दुख गरि कमाएर पठाएको पैसा लिएर उनिहरुका श्रीमान तथा श्रीमतिहरु अरुसगँ हिँड्ने गरेको थुप्रै पाइने गरेको छ अहिले । अहिले यस्तै समस्या लिएर मिडियामा एक ब्याक्ती आएका छन ।

धनकुटा घर भएका सनम राई अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका छन । ४/५ वर्ष अघि मलेसिया पुगेका सनम आफ्नी श्रीमतिले पैसा खाएर फ’रार भएको फोन सम्पर्कमा बताए । बाबू आमा तथा आफ्ना आफन्त कोहि नभएका सनमको मलेसियामा हुँदै एक महिलासगँ कुराकानी हुन थालेको सनम बताउँछन् । आफु पहिले नै बिबाहित भएको भएता पनि श्रीमानले राम्रो ब्याबहार नगरेको कारण छुट्नु परेको भनी उक्त महिलाले आफुलाई बताएको सनमको भनाई छ ।

आफू पनि सानै बाट कोहि आफन्त नभएर दु’ख पाएको र ती महिला पनि आफ्नो श्रीमानसगँ छुट्टिएर बसेको भनी दुबै जना कसैको साथको खोजिमा भएकोले गर्दा आफुहरु बोल्न थालेको सनम बताउँछन । २ वर्ष भन्दा धेरै आफुहरु फोन तथा म्यासेन्जरमा नै बोलेर प्रेम गरेको उनले बताए । ती महिलाको घर परिवार सबैसगँ आफ्नो कुरा हुने गरेको सनमको भनाई छ । प्रत्यक्ष भेट नभएता पनि आफुले उनलाई निकै बिश्वास गरेको सनमले बताएका छन ।

त्यही बिश्वासकै कारण आफुले फोन मै बिबाह समेत गरेको उनले बताए । उनको परिवार समेतलाई थाहा दिएर आफुले भिडियो कल मार्फत बिबाह गरि श्रीमान श्रीमती भएको उनले बताए । त्यस पछि श्रीमति काठमाडौँ बस्न थालेको सनमको भनाई छ । आफुले उनलाई पैसा समेत पठाउने गरेको प्रमाण मिडियामा सनमले दिएका छन । फोनमा नै बिबाह गरेको केही समय पछिबाट भने सम्बन्ध बिग्रेको उनले बताए । श्रीमती अर्कै एक केटासगँ लागेको उनको भनाई छ ।

काठमाडौँमा दाङ घर भएक बिजय श्रेष्ठ आयुर्वेदिक डाक्टर सगँ श्रीमतीको सम्बन्ध भएको उनले बताए । जनै पुर्णिामा को दिन आफन्तकोमा जान्छु भनेर हिँडेपछि श्रीमतिसगँ त्यति राम्रो फोन सम्पर्क हुन छोडेको उनले बताए । त्यही बेलादेखी श्रीमती र बिजय सगैँ कोठमा बस्ने गर्न थालेको आफुले बुझेको उनको भनाई छ । आफू दशैँमा घर आउने बताए पछि ३ दिन भित्रमा नेपाल नआए आफू अन्तै बिबाह गरेर जाने श्रीमतिले बताएको सनमको भनाई छ । त्यस पछि उनी सम्पर्क बिहिन भएको उनले बताए । अहिले उनका आफन्त सबैले आफुलाई ब्लक गरेको उनको भनाई छ । आफ्नो ३ लाख रुपैयाँ लिएर उनी फरार भएको सनम बताउँछन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय