आइतबार , जेठ ८, २०७९

४५ वर्ष अघि हराएकी आमा भेटिइन्,४५ वर्षपछि आमाछोरी भक्कानिए खुसीले(भिडियो हेर्नुस)

करिव ४५ वर्ष अघि झापाको काँकडभिट्टाबाट एक आमा छोरी छुट्टिएका थिए । आफू ६ वर्षको हुँदा आमासगँ छुट्टिएको भन्दै अहिले बुटवल बस्ने छोरी केही दिन अघि आमाको खोजी गरिदिन सहयोग माग्दै मिडियामा आएकी थिइन् । आमाले आफू काकडभिट्टा मै हुने, ठूलो भए पछि आमा सम्झिए यतै खोज्नु भएकोले आफु आमा खोज्दै आएको छोरिले मिडियामा बताएकी थिइन् । काकडभिट्टा मै रहने भने पछि मिडियामा लगायतको टोलिले उनको खोजी गरेको थियो ।

खोजी गर्दै काकडभिट्टा वरिपरि तथा ईन्डियाको पानीट्याङ्की सम्म पुग्दा पनि उनिको पत्ता लगाउन गाह्रो भएको थियो । खोजी गर्दै जादाँ पानीट्याङ्की मा एक ब्याक्तिले उनी नेपालमै रहेको बताए । पहिले काकडभिट्टा मै घर भएको र लिम्बू आमाले थापा क्षेत्री सग बिबाह गरि बच्चा समेत भएको भने पछि ती ब्याक्तिले यकिन उनै आमा भए नभएको भन्न नसकेता पनि सोही तवरको एक आमा मोरङको उर्लाबारी भन्दा तल दुर्गापुरी नजिकै रहेको जानकारी दिए ।

उनको जानकारी मुताबिक मिडियामा उनलाई खोज्दै सोही ठाउँ पुग्यो । त्यहाका स्थानियहरुले आमाको फोटो र उनको बारेमा बताए पछि आमा बस्दै आएको घरसम्म पुर्याएका थिए । सानैमा छुट्टिएकाले आमाले छोरिहरुको फोटो हेरेर नचिनेता पनि उनिहरुको नामबाट भने चिनजान भएको हो । यति धेरै वर्ष पछि भेट हुन पाउँदा धेरै खुशी लागेको उनिहरुले बताए । पहिले काकडभिट्टामा आफू होटल गरेर बसेको आमाले बताईन । श्रीमान अत्याधिक रक्सी सेवन गर्ने भएकोले आफुहरु छुट्नु परेको उनको भनाई छ ।

श्रीमान छोराछोरी लिएर बुटवल तिर जाने बेलामा आफुले छोरिहरुलाई यदि कुनै बेला मलाई खोज्दै आए काकडभिट्टा नै आउनु भनेको पनि बताईन । आफू पनि छोराछोरी खोज्दै बुटवल जान खोजेको भएता पनि कोरोनाका कारण जान नपाएको उनले बताईन । अहिले उनका दुबै छोरिहरुको बिबाह भै सकेको छ । भेट पछि उनले कान्छी छोरिसगँ कुरा पनि गरिन । उनको छोरा पनि भएको र उनको बारेमा पनि छोरिसगँ कुरा गर्दा छोरा बितेको कान्छी छोरिले बताईन ।

आफ्नै छोरा बितेको पनि आमाले खबर नपाएको उनको भनाई छ । निकै समय देखि आफुहरु आमा खोज्दै आएको र अब छिटै आफू आमा भएको ठाउँ आउने उनकी छोरिले बताईन । छोराछोरी सबै लिएर श्रीमानले हिडे पछि आफू पनि काकडभिट्टा छोडेर हिडेको आमाको भनाई छ । काकडभिट्टा छोडेर यता आए पछि केही जग्गा भेटेर यहि बस्न थालेको उनले बताएकी छिन । आफू यहाँ अहिले एक्लै बस्दै आएको उनको भनाई थियो । छोराछोरीहरुसगँ भेट गराईदिएकोमा आफू खुशि भएको उनको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय