शनिबार , जेठ १४, २०७९

२०७२ सालमा सागर पौडेल घर छोडेर भागे । त्यो बेला कहाँ के का लागि घर छोड्दैछु भन्ने कुनै गन्तव्य बिना घरबाट हिडेका सागर अहिले ड्राइभर बनेका छन । सामाजिक संजाल टिकटक आए पछि भने उनी एकाएक चर्चामा आए । ड्राइभरको पेशालाई धेरैले गलत नजरबाट हेर्ने गर्छन । तर तिनै सबैले हेला गर्ने पेशा अङ्गालेर अहिले चर्चा कमाउन सफल भएका सागर पौडेल घरबाट भागेर ड्राइभर बनेका हुन । ट्रक साहित्य भनिने सवारी साधनमा लेखिएका कुराहरु बाचन गरेका भिडियोहरु सागरका निकै भाइरल छन ।

१४ वर्षको उमेरमा घरबाट भागेर काठमाडौ आएका सागरको घरसगँ कुनै सम्पर्क भएन । गाउँघर तिरबाट काठमाडौ आउने जानेहरुसगँ भने भेट भएर हालखबर बुझेको भएता पनि घरबाट भागेर हिडेकोले घर जाने मन हुदाहुदै पनि आट नभएको सागरले बताए । शिक्षकको छोरा घरबाट भागेर गएर गाडिमा काम गर्न थाले पछि उनका बुबा पनि छोरासगँ रिसाए । आफ्ना छोराछोरी प्रती माया त सबै बाबू आमाको हुन्छ तर पनि छोराछोरीले राम्रो गरून् भन्दा भन्दै आफुखुशी गरेकोले उनका बाबू आमाले पनि उनलाई बोलाएनन ।

यसैले गर्दा पनि वर्षौ बितिसक्दा पनि भेट नभएको हुन सक्ने सागर बताउँछन । आफुले बाबुआमाको सपना लत्याएर मन दुखाएकोमा पछि भेट हुन नपाउँदा मन दुख्ने गरेको र आफुले गल्ती गरेको महसुस हुने गरेको सागरले यश अघि बताएका थिए । आफुलाई परिवार भेट्न निकै मन भएको उनले मिडियामा बताए पछि अहिले सागर आफ्नो घर गएर बाबुआमा सगँ भेट गरेका छन । वर्षौ पछि बाबुआमा भेट्दा सागर निकै भक्कानिएका थिए । वर्षौ देखिको इच्चा पूरा भएकोले खुशिले आँसु आएको उनको भनाई छ ।

वर्षौं पछि छोरा घर आउदा खुशी लागेको सागरकी आमाले बताएकी छिन । साथै अहिले सामाजिक संजालमा छोरामा माया दिएकोमा उनले धन्यवाद पनि दिइन् । स्थानिय, गाउलेहरुले शिक्षकको छोरो भागेर गाडिको खलासी भयो भन्दै कुरा काट्ने गरेको भएता पनि आफुहरुले कहिले त्यसरी नसोचेको उनको भनाई छ । भनेको नमानेर घर छोडेर हिड्दा केही रिस उठेता पनि आफ्नो संतानको माया सबैलाई हुने उनले बताईन । छोरा अहिले आफै सक्षम भएको उनको भनाई छ ।

आफुले काठमाडौ नजा भनी धेरै सम्झाउदा पनि अन्त्यमा भागेर साथिहरुसगँ हिडेको सागरका बुबाले बताए । पढ्दै गरेको छोरा त्यसरी भागेर हिड्दा सबैलाई नराम्रो लाग्ने उनले बताए । पछि गाडी लाइनमा काम गर्न थालेको भन्ने सुन्दा छोरा बिग्रने हो कि, कतै केही हुने हो कि भन्ने पनि लाग्ने गरेको उनले बताए । भनेको नमाने पछि आफै दुख गर्दा कस्तो हुन्छ भन्ने बुझोस भनेर पनि आफुले छोरालाई नबोलाएको उनले बताए । तर आफ्नो घर आउन छोरालाई कुनै रोक नभएको उनको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय