आइतबार , जेठ ८, २०७९

अर्कैकी श्रीमती लिएर हिँड्नेलाई राम धुलाई हान्नु पर्ने भन्दै स्थानियहरू जेठी श्रीमतिको पक्षमा(भिडियो हेर्नुस)

केही समय अघि इलामको माइ नगरपालिका ५ आहालेटार कि शसिता माबो आफ्नो श्रीमानले अर्कैको श्रीमती लिएर फरार भएको भन्दै खोजी गरिदिन सहयोगका लागि मिडियामा आएकी थिइन । दुई छोरा समेत रहेकी सशिता र श्रीमान शक्ति राईको बिबाह भएको १५ वर्ष पुगिसकेको उनको भनाई छ । अहिले श्रीमानले काम गर्दै बसेको ठाउँबाट नै अर्कै श्रीमतिलाई लिएर फरार भएको सशिताले बताएकी छिन । श्रीमानले आफू र छोराहरुको बिचल्नी बनाएको बताईन ।

 

सशिताका श्रीमान इलामको थाक्ले भन्ने ठाउँमा काम गर्नको लागि गएको ससीता बताउँछिन । श्रीमान थाक्लेमा काम गर्न गए देखि नै आफुसगँ राम्रो बोल्न पनि छोडेको र घर समेत त्यति आउन छोडेको उनको भनाई छ । ७/८ महिनामा घर आएता पनि केही खर्च समेत नदिई हिँड्ने गरेको सशिताको भनाई छ । थाक्लेमा काम गर्न गए देखि नै श्रीमान शक्ति त्यहिकी सोनु राईसगँ लागेको उनले बताएकी छिन । काम गर्न थाक्ले जादाँ श्रीमान त्यहिँका एक लिम्बू दाईको घरमा बस्ने गरेको उनले बताईन ।

 

अहिले श्रीमान सगँ फरार भएकी सोनु राई सोही घरकी लिम्बू दाइ कि श्रीमती भएको उनले बताईन । लिम्बू दाइ भने वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेको उनले बताएकी छिन । काम गर्न त्यहाँ गए पछि काम गर्नेहरु त्यही लिम्बू दाइको घरमा बस्ने गरेको र श्रीमानको सोनुसगँ सम्बन्ध भएको उनले बताईन । सोनुसगँ सम्बन्ध भएपछि श्रीमान घर पनि आउन छोडेको उनले बताएकी छिन । उनिहरु बिच शारीरिक सम्बन्ध पनि पहिले देखि नै हुने गरेको उनको भनाई छ ।

 

उनिहरुको सम्बन्ध रहेको कुरा बाहिर आए पछि स्थानियहरु राखेर छलफल समेत पहिले भएको उनको भनाई छ । छलफलमा अब यस्तो नहुने भन्दै सहमती गरेको भएता पनि अहिले भने श्रीमानले सोनुलाई लिएर नै फरार भएको उनले बताएकी छिन । शक्तिले त्यसरी अर्कैकी श्रीमती लिएर हिँडे पछि त्यहाँका स्थानियहरुले भने सशितालाई शक्तिले बिचल्नी बनाएको भन्दै सजाय हुनु पर्ने बताएका छन । अहिले सानो ५ वर्षको छोरा र अर्को जेठो छोराको बिचल्ली भएको उनिहरुको भनाई छ ।

 

सशिताले भने यसरी फरार हुनु भन्दा पनि आएर छलफल गर्नु पर्ने बताएकी छिन । आफू र छोराहरुले पाउने अधिकार पाउनु पर्ने उनको माग छ । साथै आफू र छोराहरुको बिचल्नी पारेको भन्दै श्रीमान शक्ति र कान्छी श्रीमती सोनुलाई सजाय हुनु पर्ने उनले बताईन । स्थानियहरुले भने सोनु पहिले पनि दुई तीन चोटि पोइला जाने आउने गरेको बताए । अब शक्तिले सम्पर्कमा आएर छलफल गरि कानुनी हिसाबमा पाउने अधिकार दिएर सहमती गर्नु पर्ने स्थानियको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय