शनिबार , जेठ १४, २०७९

म्यादी प्रहरी ? यति धेरै आकर्षक तलबमा ९९ हजार म्या’दी प्रहरी चाहियो

प्रहरीले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने बजेट माग गरेको छ । प्रहरी प्रधानकार्यालयले आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा योजनासँगै संभावित बजेट पनि माग गरेको हो ।

हामीले गृहमन्त्रालयसँग चुनावका लागि आवश्यक पर्ने बजेटको सिलिङ पठाइसकेका छौ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

बुधबार मात्रै गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो बैठकमा चार वटै सुरक्षा अंगको प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

सो बैठक अघि नै प्रहरी प्रधानकार्यालयले १४ अर्ब रुपैयाको बजेट आवश्यक रहेको प्रस्ताव पठाएको छ ।

त्यसैगरी करिब १४ सय गाडी र ६ सय सञ्चार सेट तथा हातहतियार, टियर ग्यास र अन्य बन्दोबस्तीको सामान पनि आवश्यक रहेको सूची गृहमन्त्रालयमा पठाएको छ ।

प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार करिब ६ सय सञ्चार सेट, म्यादी प्रहरी भर्ना र आवश्यक बन्दोबस्तीको सामाग्रीसहित करिब १४ अर्ब बजेटको समेत प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय