शनिबार , जेठ १४, २०७९

बेहुलाको हात भा’चियो , बेहुलीलाई काठमाडौँ रिफर गरियो –

प्यूठानमा जिप दु’र्घटनामा मृ’त्यु हुनेको संख्या ८ पुगेको छ । दु’र्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिनुभयो। नौबहिनी गाउँपालिका ६ लुंग को लेखबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै गर्दा ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दु’र्घटना भएको हो । दु’र्घटनामा घा’इते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्र’हरीले जनाएको छ ।

दु’र्घटनामा परी मृ’त्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङ का एकै परिवारका ३ जना वसन्त खड्का, बसन्ता खड्का, र एलिशा खड्काको मृ’त्यु भएको छ। त्यसैगरी बलबहादुर बुढा मगर,केशरी खड्का,खिम बहादुर खत्री र नन्दी खड्का को मृत्यु भएको हो। बसन्ता खड्का र एलिशा को उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृ’त्यु भएको हो भने अन्य को घ’टनास्थलमा मा मृ’त्यु भएको हो। उक्त घ’टनामा मृ’त्यु भएकी एक जना महिलाको भने पहिचान हुन सकेको छैन।

घा’इते हुनेमा दुलही रीमा जिसी,दुलाहा दान बहादुर खड्का,सावित्रा जिसी, हरी बुढा मगर र नरेश खड्का को प्युठान अस्पताल विजुवार मा उपचार भइरहेको छ। शुक्रबार राति ३ बजे लुंग बाट लिवाङ फर्कदै गरेको जिप दु’र्घटना भएको हो। दु’र्घटनाको कारण भने खुल्न सकेको छैन। भाग्यले बाचेका बेहुलाको हात भाचियो छ भने बेहुलीको अवस्था ग’म्भीर भएको हुदा काठमाडौँ रिफर गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय