शनिबार , जेठ १४, २०७९

बिदेशमा दु:ख गरेर कमाको ८० लाख लिएर श्रीमती सम्पर्कविहिन, कोरियाबाट रुँदै श्रीमान मिडियामा (भिडियो सहित)

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ। घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ ।

यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको। उनी अहिले दक्षिण कोरियामा छन। उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको ठ्याक्कै साढे ३ बर्ष पुगेको छ । ५ बर्ष अघी पुष्प बहादुर सुनुवार भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका हुन।

दुवैको परिवार खुशी नै थिए। तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहिन भएको २ महिना भएको छ। ५ बर्षिय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन थाहा पत्तो छैन। पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौको गौरिघाटस्थित रहेको डेरा समेत परिवर्तन गरेछन् ।

पुरानो डेरा सारेपछि उनी ललितपुरको ठाइबास्थित बसेको जानकारी पाइयो तर अहिले भन्ने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् भन्ने कुरा । तर यता श्रीमती रमिनाको माइती पक्षका आफन्तले भने थाहा नभएको भन्दै रमिनाबारे बोल्न चाहिरहेको देखिदैन ।

पुष्पले सकेसम्मको तरिका अपनाए तर श्रीमती सम्पर्कविहिन भएपछी उनी चिन्तामा छन । उनका आफन्त र चिनजानकाहरुसँग बुझ्न खोजे पनि कसैले केही चासो लिएको छैन ।पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन ।

माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए । उनले फोनमा अन्य परपुरुषसंग बोलेको देखेपछि र स्वयं उनकी श्रीमतीले नै आफ्नो ट्याक्सी ड्राइभर ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन । श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन ।

त्यसपछी रमिनाले आफ्नो श्रीमान पुष्पसँग माफि मागिन । माफि पनि दिए तर पटक पटक आफुसँग नबोल्ने र त्यही केटाको याद आइरहेको बताउँदै आइरहेकी थिइन । पुष्प पिडाले छट्पटिन्थे र श्रीमतीको माइतीलाई भएको समस्या समाधान गर्न पटक पटक भनिरहन्थे ।

पुष्प आफ्नो श्रीमतीको टचरकै कारण आत्माहत्या गर्नसम्म पुग्नै लागेका थिए । चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौ रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन । उनीहरुबिच विवाद हुँदै गयो ।रमिनाले निर्धक्कसँग म्यासेन्जरमा स्कृन सेअर गरेर पुष्पलाई परपुरुषसँंग बोलेको अनेकथरी म्यासेज देखाउथिन ।

रमिनाले आफ्ना आफन्तले परपुरुषसँग सम्बन्ध नगाँस्न बारम्बार भनेकी समेत पुष्पले बताए ।पुष्पले आफ्नी श्रीमतीलाई सम्झाउन आफ्ना आफन्त पनि पठाए । तर पनी केही भएन । उनै रमिना आफू माथि हुने कुरा गरे र उल्टै आफ्ना श्रीमानलाई दोष थुपार्दै पन्छिन खोजे ।

तर झन आफ्नी श्रीमतीले छोरा समेत पुष्पको नभएको बताएपछी पुष्पलाई झन के गरौ के नगरौको स्थितिमा पुगे। डेढ बर्ष अघी पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन। पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे।

अनी श्रीमती रमिना सम्पर्कबिहिन बनिन । पुष्प न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन हामी माझ आइपुगेका छन। पुष्पले आफ्नी श्रीमतीको खोजिकार्य गरिदिन आग्रह गरेका छन। आफ्नो सम्पती र छोरा फिर्ता गर्न गुहारेका छन । यदी तपाईले पनि रमिना श्रेष्ठलाई देख्नु भएको छ भने नजिकैको प्रहरी कार्यालय या यो नम्बरमा संपर्क गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय