बुधबार , जेठ ४, २०७९

नवलपुरको कावासोतीमा अटो चालकको ह”त्या , अपरिचित व्यक्तिले घरमै आएर लगेका थिए ( भिडियो सहित हेर्नुहोस )

नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् । कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गा’डिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको छ,’ रानामगरले भने ।

वडाध्यक्ष रानामगरका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको ह”त्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ । नवलपुर प्र’हरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घ’टनाको अनुसन्धान भैरहेको बताए । अनुसन्धानका लागि बागमती प्रदेश प्र’हरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घ’टनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय