आइतबार , जेठ ८, २०७९

यीनै हुन स्वास्थ्य स्वयं सेविका जसले वृद्धलाई खोप लगाउन बोकेर स्वास्थ्य चौकीसम्म पुराउने

तम्घास : गुल्मीको गुल्मी दरबार गाउँपालिका-३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाले एक वृद्धलाई को-रोना विरु’द्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकीसम्म पुर्‍याउनु भएको छ । गाउँमा यातायातको सुविधा नहुँदा बोकेर लैजानुपरेको बाध्यता रहेको स्थानीहरु बताउँछन्। संक्रमणको जो’खिम बढेपछि पछिल्लो समय सरकारले को-रोना विरु’द्धको खोप अभियानलाई तीव्र बनाएको छ।

वृद्धा महिलालाई बोक्ने स्वास्थ्य स्वयंसेविका गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका-३ राजा निवासी लिला थापा हुनु हुन्छ । उहाँको पिठ्यूँमा बोकिने वृद्धा गुल्मी दरबार गाउँपालिका-३ धारापानीकी देवीकला टण्डन हुनुहुन्छ। लिलाले गत शुक्रबार अर्थात माघ १४ गते देवीकलालाई बोकेर खोप लगाउन गौडाकोट स्वास्थ्य चौकी लैजानुभएको हो।

स्वास्थ्य स्वयंसेविका लिलाले हेल्पाटीलाई दिएको जानकारी अनुसार ८० वर्षीया देवीकला एक्लै गाउँमा बस्नुहुन्छ। उहाँका एक जना छोरा बुटवल र एक जना भारतमा हुनु हुन्छ। छोराहरू गाउँ नबस्ने, आमा गाउँ छाड्न नमान्ने भएपछि देवीकला एक्लै पर्नुभएको छ। गाउँमै बिहे गर्नुभएकी छोरीले बेला-बेला गएर हेरचाह गर्नुहुन्छ। देवीकलाले अहिलेसम्म को-भिड १९ विरुद्धको कुनै खोप लगाउनुभएको थिएन।

गौडाकोट स्वास्थ्य चौकीमा खोप लगाउने शुक्रबार अन्तिम दिन थियो। देवीकलाको घरबाट स्वास्थ्य चौकी हिँडेर पुग्न १० मिनेट जतिको बाटो छ। गतसाल ब्लड प्रेसरले हानेर थलिनु भएकी उहाँको खुट्टाका औँलासमेत पाकेर हिँडन्सक्ने अवस्था छैन । शुक्रबार बिहान देवीकलाकी छोरी फुर्सी घिमिरे आएर आमालाई कसरी खोप लगाउन लैजाने भनी समस्या सुनाउनुभयो। त्यही दिन गाउँमा मान्छे मरेर सबैजसो पुरुषहरु मलामी गएकाले बोक्ने मान्छे पनि पाइएन।

छोरी फुर्सी आफैँ बिरामी भएकाले आमालाई बोकेर लैजान सक्ने अवस्था थिएन। अरु कुनै विकल्प नभएपछि आफैँले बोकेर लगेको स्वास्थ्य स्वयंसेविका लिला बताउनुहुन्छ। ‘खोप लगाउने अन्तिम दिन थियो, कुनै विकल्प भएन दिदी(देवीकलाकी छोरी)ले अब कसो गर्ने भन्नथाल्नु भयो’ लिला भन्नुहुन्छ, ‘सक्छु कि म प्रयास गर्छु भनेर उहाँको घर गएँ।’

स्वास्थ्य चौकीमा लगेर देवीकलालाई स्वास्थ्यकर्मीले जोनसोन खोप लगाइदिए। त्यसपछि फेरि लिलाले घरसम्मै बोकेर पुर्‍याइदिनु भयो। घरमै लगेर खोप लगाउने बारे स्वास्थ्य चौकीमा कुरा गर्दा खोप धेरै चिसोमा राख्नु पर्ने भएकाले समस्या हुने जवाफ भएको लिलाको भनाइ छ। लिलाले मैले एक जना आमालाई बोकेर खोप लगाउन ल्याउँदै छु भनेर शुक्रबार बिहान फोन गरेको तर आफू निस्किएपछि मात्रै आइपुगेकाले अन्य जानकारी नपाएको गौडाकोट स्वास्थ्य चौकीका प्रमुख भेषराज पाण्डेले बताउनु भयो।

वृद्धाहरुलाई गाविसमा बोलाएर सम्मान गर्न भन्दा पनि उहाँहरुको घरमा गएर के कस्तो अवस्था छ भनेर बुझ्ने काम जनप्रतिनिधिले गर्नुपर्ने स्वास्थ्य स्वयंसेविका लिलाको भनाइ छ। सम्मानका लागि वडा कार्यालयमा बोलाउँदा बाटो कै कारणले आउन नसक्ने वृद्धवृद्धा हरू भएकाले त्यसमा ध्यान दिन भनेको उहाँ बताउनुहुन्छ। हेल्थपाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय