शनिबार २४ मंसिर २०७९

किशोरावयमै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो ।

उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाए ।

तर एकाएक उनको करियर संकटमा देखिएको छ । कारण हो, प्रहरीमा नाबालिग बलात्कारको अभियोग दर्ता हुनु । यसै बिषयमा सन्दीपले फेसबुकमा स्टाटस राख्दै आफ्नो बचाउ गरेका छ्न , हेर्नुहोस उनको स्टाटस

“म निर्दोष छु र म नेपालको सम्माननीय कानुनमा पूर्ण विश्वास राख्छु। म CPL बाट बिदा लिने निर्णय गरेको छु र मेरो देश फर्कदैं छु। म हो यी सबै आधारहीन आरोपहरू सामना गर्न तयार छु । न्याय होस् निर्दोष र सही सेवा छानबिन गर्नुपर्ने संलग्न सबै प्रति। आशा छ कि कानूनले समान काम गर्नेछ ।


Last Updated on: September 9th, 2022 at 8:42 am
३७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया