शनिबार , जेठ १४, २०७९

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

काठमाडौँ : अहिले टिकटक हेर्ने हो भने शाश्वत बम र दिया नेपाल भाइरल छन्। नेपालबाट जर्मनी गएका उनीहरू केही महिना अगाडिदेखि टिकटकमा सक्रिय भए। दिया नेपाल अस्पतालको बेडमा सुतिरहेको अनि उनलाई खुसी बनाउन शाश्वतले गीत गाउने अनि नाच्ने गरेको भिडियो शाश्वतले आफ्नो टिकटक अकाउन्टमा राखेपछि बिस्तारै यो जोडी भाइरल हुन थाल्यो।

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच कथा सुनाएर ठुलो फ्यान फलोइङ बनाउन सफल साइग्रेसले पोखरेलले शाश्वतले दियाका लागि लेखेको चिठी पढेर आफ्नो युट्युब च्यानल ‘सुन्ने चिठी’मा राखिदिएपछि उनीहरूबारे चासो बढ्दै गयो।

 

गो फन्डमा दियाको मस्तिष्कमा गम्भीर रूपमा क्षति पुगेको,उनको मस्तिष्कमा आन्तरिक रक्तस्राव भएको उल्लेख गरेका छन्। उपचार गराउनेक्रममा किड्नीमा समस्या देखिएको अनि किड्नी ट्रान्सप्लान्ट या हप्तामा तीन हप्तामा डाइलासिस गर्नुपर्ने र किड्नी ट्रान्सप्लान्टका लागि नेपाल जाने तयारी गरेको भन्दै उनले गो फन्डबाट सहयोग उठाउन थाले।

उनको टिकटकको भिडियो अनुसार उनको श्रीमती अझैँ पनि अस्पतालको बेडमै भएको झैँ देखिन्छ। निकै भावुक बनाउने उनीहरूको भिडियोले फन्ड बढाउन सहयोग पूर्यायो। २ हजार सत सयले गो फन्डमा सहयोग गरे। उनले नेपालका डिजिटल वालेटबाट पनि पैसा उठाए। गो फन्डमा मात्र दियाको नाममा ७२ हजार ४ सय ४८ अमेरिकी डरल उठ्यो।

यही बिचमा टिकटकमा अर्को भिडियो आयो। यी दुवैको साथी भन्दै टिकटक लाइभमा उनीहरूले पुरानो भिडियो राखेर इमोशनल ब्ल्याकमेल गरेको, उनीहरूले भावनामा खेलेर ठगी गरेको दाबी थियो। ती थिइन् मेलिना अधिकारी। उनले पहिला दिया बिरामी भएको तर अहिले उनी स्वस्थ भएको, आफूहरू एकै ठाउँमा बस्ने अनि दियासँग सँगै वाकमा जाने गरेको दाबी गरेकी थिइन्।

उनले दियाको उपचारका लागि जर्मनीमा रहेका नेपालीहरूले २५ हजार उठाएर सहयोग गरेको तर उपचारकाक्रममा उनीहरूको पैसा खर्च नभएको, सबै इन्स्योरेन्सले कभर गरेकोसम्म दाबी गरिन्। उनले अर्काको भावनामा खेलेर पैसा नउठाउन भन्दा जे गर्न सक्छस् गर भनेर भनेपछि टिकटक लाइभमा आउनु बाध्य भएको दाबी गरिन्।

 

‘मेरै साथी हो। हामीले हेल्प गरेर २०-२५ हजार डलर उठाएर सहयोग गरेको। विदेशमा बसेर त्यस्तो घटनामा एक पैसा खर्च नगरेको । घर आएको २ महिना भयो। उनी स्वस्थ छिन्। साढे तीन महिना अगाडिको आइसियुको भिडियो हालेर इमोशनल ब्ल्याकमेल गरिरहेका छन्,’ उनले लाइभमा भनिन्’यहाँ उपचारका लागि एक पैसा पनि लागेन। इन्स्योरेन्सबाट कभर भयो। उनी घरमा बस्दा पनि इन्स्योरेन्सबाट पैसा आइरहेको। पहिलाको भिडियो राखेर एक करोड उठाएका छन्। मेसेज गरेर चेतावनी दिँदा पनि उनले जे गर्छ गर भनेकाले टिकटक लाइभमा आएको हुँ।’

 

उनले उनीहरूको सत्य के हो भनेर जानकारी दिन मात्र लाइभ गरेको हो भन्दै उनले दाबी गरिन्’ त्यो ट्रिटमेन्टका लागि यहाँ पैसै लाग्दैन।’

 

यही बिचमा साइग्रेस पोखरेलले युट्युबमा राखेको सुन्ने चिठी हटाए। जुन प्लेटफर्म प्रयोग गरेर उनीहरूले पैसा उठाएका थिए त्यही प्लेटफर्म टिकटकमा उनीहरूको बदमासी छ्यापछ्याप्ती आउन थाले। त्यसपछि भने गो फन्डमा फन्ड बढ्ने हैन घट्न थाल्यो। ७२ हजार ४ सय ४८ अमेरिकी डलर पुगेकोमा त्यो घटेर अहिले ७० हजार ४ सय ४६ अमेरिकी डलर भएको छ। एकै व्यक्तिले ६ सय ७० डलरसम्म सहयोग गरेका छन्। २ हजार सात सय जनाले सहयोग गरेको देखिन्छ गो फन्डमा।

सपछि शाश्वत टिकटकमा आएर अस्पतालको बेडको मात्रै भिडियो हैन उनको श्रीमती ठिक हुँदै गरेको, आफैँ ब्रस गरेको लगायतका भिडियोहरू राखे। उनी टिकटकमा लाइभमा आएर श्रीमतीको नयाँ जीवनका लागि फन्ड उठाएको हो र  उनको भविष्यका लागि फन्ड उठाएको भन्दै लाइभमा उनले भनेका छन्’उनको लागी खाना, बस्न र भाडा तिर्न फन्ड उठाएको। हामी अहिलेसम्म यसरी अडिएको त्यो फन्ड उठेर हो। अब उनको लागि कता किड्नी भेटिएला भनेर फन्ड उठाएको हो क्या।’

पुरानो भिडियो राखेर इमोशनल बनाएर रकम उठाएको पोल खुलेपछि अहिले उनी पैसा दिन कसैलाई जवर्जस्ती नगरेको दाबी गर्दै कसैले चाहे आफूले गरेको सहयोग फिर्ता लिन भनेका छन्। उनको दाबी अनुसार नेपालबाट डिजिटल वालेटबाट ५० हजार जति सहयोग उठेको थियो। जुन उनले अब फिर्ता गर्छन् रे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय