शनिबार २४ मंसिर २०७९

बर्दिया

जिल्लाको सदरमुकाम गुलरिया ६ मा अबस्थित श्री बंगलामुखि राधाकृष्ण थारु मा बि मा दिदिबहिनि जस्तै देखिने एक आमा र उनकै तीन छोरीहरु सोही बिद्धयालयमा साथीझै अध्ययन गरिरहेका छन ।

२७ बर्षिय रेश्मी मण्डल जो आफ्ना तीन छोरीहरुसँग स्कुल जाने गर्दछिन उनले आफुलाई आफ्नो श्रीमानको घरबाट पढ्न सपोर्ट नभएको तर माईतीघरबाट भने सपोर्ट रहेको बताईन । हाल उनी कक्षा सातमा पढ्दैछिन र उनकी एउटी छोरी त उनिसँगै एउटै कक्षामा पढ्दछिन ।

पढाईलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेकीछिन उनी । पढ्नमा सार्‍है सिपालु रहेछन उनका तिनैजना छोरीहरु । उनि यस बिद्धयालय भर्ना भएको डेढ महिनामात्र भएको रहेछ । १३ बर्षको उमेरमा नै परिवारले बिबाह गरिदिएपछि आज फेरि आफ्नो पढ्ने सपना पुनः पूरा गर्दै गरेको उनले बताईन ।


Last Updated on: September 8th, 2022 at 8:25 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया