शनिबार २४ मंसिर २०७९

निहारिका राजपुत प्रकरणमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् ।

निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन् । माग गर्दै उनले केही समय पहिले राष्ट्रपति भबन शितल निवास अघि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि यो विषयले झनै चर्चा पाएको थियो । उनले पटक पकट अनसन पनि बसेकी छन् ।

निहारिकाले आफूमाथि श्रेष्ठले जबरजस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् ।

धनुषा जिल्ला अदालतले पनि जब रजस्ती क रणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो ।


Last Updated on: September 8th, 2022 at 5:24 pm
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया