शनिबार , जेठ १४, २०७९

समीक्षा र पलको लिक भएको एउटा त्यो कुरा जसले गर्दा समीक्षालाई कालीको रुप लिन बाध्य बनायो

सचिन राई । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको सम्बन्धको वास्तविकता सार्वजनिक गर्ने बताएको केही दिन भइसक्यो ।

उनले सामाजिक सञ्जालमा फेशबुकमा लेख्दै पल शाहसँग सम्बन्धित आफ्ना अघिल्ला पोष्टहरु वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको तर अब वास्तविकता खोल्ने समय आएको बताएकी छन् ।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ ।

जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ केही दिन वितिसक्यो तर वास्तविकता अझै खुलेको छैन । के खिर पाकिरहेको छ हामीले यस बारेमा चासो दिएका छौ ।

गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको संकेत गरेकी छिन् ।

त्यसो त पछिल्लो समय उनी कडा स्टाटस लेख्नमा व्यस्त छिन् । केही दिन अघि उनले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले लेखेकी थिइन् ।

यसैले उनी कालीको रुप धारण गर्न चाहान्छिन् । काली बनेर उग्र बन्नै पर्ने आखिर के भएको छ त श्रोता, दर्शक पाठकका लागि चासोको विषय पक्कै छ । हामी खोतल्दै छौ ।

समीक्षाको पल शाहसँग अन्तरंग सम्बन्ध रहेको समाचारले मिडियामा राम्रै प्रथामिकता पाएको थियो । गायनमा सक्रिय समीक्षा र पल सुर्ति माडेर बोलको गीतको सुटिङपछि नजिकिएका थिए ।

उनीहरुका सम्बन्धका विषयमा मिडियामा गसिप आउन थालेपछि उनले पल र आफ्नो चरित्र हत्या भएको बताउदै आएकी थिइन् । पछिल्लो समय आएको अक्रामक स्टाटसले उनीहरुको सम्बन्ध खटपट भएको बुझिन्छ ।

उनीहरुबीचको सम्बन्धपनि समीक्षा आफै बाहिर ल्याउन चाहान्न थिइन् । केही समयको प्रतिक्षापछि नै निकटता खोजेकी थिइन् । तर चलचित्र नगरीमा फैलाउनेपनि पल र पलका साथी सर्कल नै भएको समीक्षाको गुनासो छ ।

यस्तै गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना ।माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय