शनिबार २४ मंसिर २०७९

काठमाडौं २३ भदौ । काठमाडों महानगरपालिकाले १० दिनभित्र बहाल कर बुझाउन नेपाली सेना र नेपाल प्रहरीलाई पत्र काटेको छ

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन महानगरले आग्रह गरेको हो ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको देखिएको महानगरले जनाएको छ ।

बिहिबार महानगरले सुचना जारी गर्दै तोकिएको समयमा कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताएको छ ।

साथै, महानगरले सेना र प्रहरी सहित नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई समेत बहालकार तिर्न पत्र काटेको छ ।


Last Updated on: September 8th, 2022 at 5:15 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया