आइतबार , जेठ ८, २०७९

भारतको को’ठिमा बेच्न लाँ’दै गरेकी महिला भागेर नेपाल, बेच्न लैजाने दलाल पक्राउ (भिडियो हेर्नुस)

वैदेशिक रोजगारीका लागि ओमन पठाईदिने भन्दै एक महिलाबाट ३ लाख भन्दा धेरै रकम लिएर एक भारतिय नागरिकले नेपाली महिलालाई दिल्ली पुर्याए । पोखरामा मेटल ब्यावसाय गर्दै आएका ती भारतिय लगायत अन्य थुप्रै जनाको समुह नेपालबाट चेलिबेटी बे’च’बि’खा’न गर्ने ध’न्दा चलाई रहेको दिल्ली पुगेर बेचिनबाट जोगिएर आएकी ती महिलाले बताएकी छिन । सानो होटल गरेर बस्दै आएकी ती महिलाका श्रीमान वैदेशिक रोजगारिमा बाहिर नै रहेका छन ।

४ जना बच्चाका साथमा होटल गर्दै बसेकी ती महिलालाई पुस्पा राईले आफू बिदेश पठाईदिने त्यहा कमाई पनि राम्रो भएको भन्दै श्रीमानले भन्दा धेरै कमाउने प्रलोभन आफुलाई देखाए पछि आफू बिदेश जान तयार भएको ती महिलस्ले बताएकी छिन । आफ्नो राहदानी पनि पुस्पाले नै बनाउन सहयोग गरेको उनको भनाई छ । ईन्डियाको बम्बाईबाट फ्लाइट हुने भनी आफुलाई बताएको उनको भनाई छ । आफुले काठमाडौ बाटै जाने बताउँदा कोरोनाका कारण महिलाहरुलाई काठमाडौबाट जान दिईएको छैन भनेर आफुलाई इन्डिया लगेको उनले बताईन ।

पोखराबाट आफुहरु ४ जनालाई बस चढाएर पठाएको उनले बताईन । बुटवलमा पुगे पछि एक जना ब्याक्तिले आफुहरुलाई लिएर एक दिन राखे पछि आफुहरुलाई बोडरको गेटबाट नभै चोर बाटोबाट मेला लाग्ने ठाउँ हुँदै अ’नु’हार पुरै ढा’क्न लगाएर ईन्डिया पुर्याएको उनको भनाई छ । उक्त ब्य’क्तिले दिल्ली जाने बस च’डा’एको उनले बताईन । दिल्ली पुर्याएर आफुहरुलाई यौ’न ध’न्दा’मा काम गराउन खोजे पछि आफू नमानेको उनले बताईन् । नमाने पछि १२ दिनसम्म थु’नेर कु’ट’पि’ट गरे पछि आफू ट्वाइलेटको सानो झ्यालबाट भागेको उनले बताएकी छिन ।

पुस्पा राई नामले चिनिएका ती ब्याक्ती सिलगुडिका भएको बुझिएको छ । उनको वास्तविक नाम बिश्वजित रोय भएको उनले ती पुस्पाले बताए । आफू मेटल ब्यावसाय गर्दै आएको उनको भनाई छ । आफुलाई ती महिलाले झु’टो आ’रो’प लगाएर फ’सा’एको पुस्पाले बताए । आफुसगँ ती महिलाको सामान्य चिनजान भएको बताए । ती महिला होटल गरि बसेको र आफू उक्त होटलबाट नास्ता ल्याएर खाने गरेका कारण चिनजान भएको बाहेक अरु कुनै कुराको सम्बन्ध उनिसगँ नभएको पुस्पाले बताए ।

पछि आफू बोडरमा अलपत्र परे भनी फोन गरे पछि आफू लिन भने साथिको नाताले गएको पुस्पाको भनाई छ । तर ती महिलाले भने आफू र अर्को एक आफ्नै चिनजान कै बहिनिलाई बिदेश पठाई दिन्छु भनी भारत पुर्याएको बताईन । भरतको को”ठिमा त्यस्ता थुप्रै नेपाली महिलाहरु आफुले देखेको उनको भनाइ छ । पुस्पा लगायत थुप्रै समूह यस्ता काममा सक्रिय रहेको उनले बताएकी छिन । अहिले आरो’प लगाएको बताए पनि अनुसन्धान गर्दै जादाँ सबै थाहा हुने उनको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय