शनिबार , जेठ १४, २०७९

साउदीमा दर्दले छटपटाइरहेका युवाको परिचय खुल्यो, तर सहयोग गर्ने कोही छैनन् [भिडियोसहित]

काठमाडौ । केही दिन अघि सामाजिक सञ्जालमा पेटको विरामी भएर दुखाईमा छटपटाईरहेका नेपाली युवाको साउदीबाट भिडियो आएको थियो । उनी जाजरकोटका युवा भएको खुल्न आएको छ । उनी १८ महिनादेखि स्वास्थ्य समस्याका कारण छटपटाइ रहेका छन् । उनको अवस्था देख्दा एक मनले कठै भन्न मन लाग्छ ।

अर्को मनले यी सोझा सीधा नेपाली युवालाई यस्तो अवस्थामा पुर्याउनेहरुमाथि मध्ययुगीन सजाय होस् भन्ने पनि लाग्छ । उनी अत्यन्तै कष्टपूर्ण रुपमा बसिरहेका छन् ।

उनी जाजरकोटका आयुष राना भएको खुलेको छ । उनी साउदी अरबको जेद्धा भन्ने ठाउँमा बत्ति, पानी, एसी केहीपनि नभएको साथीको कोठाको शरणमा छन् । कम्पनीले भनेजस्तो तलब दिएको छैन ।

अस्पताल जान कुनै कागज दिएको छैन । अस्पताल भर्ना गर्नपनि कठिन छ । नेपाल पठाउँनपनि कम्पनीले वास्ता गरेको छैन ।

पठाउने रोजगार कम्पनीले कुनै वास्ता गरेको छैन । उनलाई साउदी पुर्याउने ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरले नेपाल फर्काउने दया अहिलेसम्म देखाएको छैन ।

उनी जाजरकोट भेरी नगरपालिका –१ रावतगाउँका स्थायी बासिन्दा हुन् । वैदेशिक रोजगारीका लागि साउदीको जेद्धा पुगेका उनी थलिएको १८ महिना भयो । पुगेको २ बर्ष मात्र हुँदैछ ।

व्यथाले यो हदसम्म पुर्याउँदा पनि आयुषको उपचार खर्च भएन । नेपाल फर्किन्छु भन्दा कम्पनीले दिएन र नेपालको म्यानपावरले यी युवाको पीडा महशुस गरेन । मेनपावरले उनको जिम्मा पनि लिएन ।

यस्तो दर्दनाक अवस्थामा छन आयुष

डिसेम्बर १६, २०१९ मा उनी साथीसँगै साउदी पुगे । छारे रोग जस्तो देखिने समस्याबाट १८ महिनादेखि आयुष थलिएका छन् । यसबीच उनले न उपचार पाए, न खाने बस्ने सुविधा नै ।

साउदीको कानुनअनुसार बिरामी व्यक्तिको उपचारका लागि सरकारी सहयोग माग्नु पर्छ । तर आफैले लिएर जान मिल्दैन । यहि कारण आयुषका साथी ललन सिंहले छटपटाउँदै गरेका साथीको भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।

फिर्ता ल्याउने म्यानपावरको वाचा

२५ महिना अघि उनीहरु न्यू र्वल्ड ओभर्सिज म्यानपावरबाट साउदी पुगेका हुन । आयुषको भिडियो सामाजिक सञ्जालमा आएपछि ललतिपुरको चाकुपाटीस्थित न्यू र्वल्ड ओभर्सिज म्यानपावरले बल्ल फर्काउन बचन दिएको छ ।

म्यानपावरका अध्यक्ष तीला काप्रीले प्रयास भइरहेको जवाफ दिएका छन् । १८ महिनासम्म जीवन र मृत्युको दोसाँधमा छाड्ने काप्रीले मानव ता देखाउन् । यही भन्न चाहान्छौ । बाँकी भिडियोबाट हेर्नुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय