शनिबार २४ मंसिर २०७९

काम नगर्ने नेतालाई सुरक्षा दिने, देश बनाउने बालेनलाई सुरक्षा खोइ? भन्दै जंगिए युवा (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

अब, हेर्नुहोस समाचारको यो भिडियो

यो पनि पढ्नुहोस: एमाले नेतृत्वबाट ओली हट्ने हो भने सजिलै वाम एकता हुन्छ– प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको मूल नेतृत्वबाट केपी ओली हट्ने हो भने कम्युनिष्ट पार्टीका बीचमा सजिलै धु्रविकरण हुने बताएका छन्।

नेत्र विक्रम चन्दको पार्टीबाट माओवादी केन्द्रमा फर्किएका नेता कार्यकर्तालाई माओवादी मुख्यालय पेरिसडाँडामा स्वागत गर्दै अध्यक्ष प्रचण्डले वाम एकताको अबरोध र ओली प्रबृति भएको टिप्पणी गरे।

एमालेसँग एकता गर्नु गल्ती जस्तो देखिएपनि अन्तत आफूलाई त्यस्तो नलागेको र एमाले भित्र पनि हजारौंको संख्यामा क्रान्तिकारी कम्युनिष्टहरु रहेको उनले बताए।

एमाले भित्र आफूहरुले बिऊ राखेर आएको तर्क गर्दै प्रचण्डले भने, ‘माओवादीहरु मात्रै मिलेर पनि हुँदैन सवै सच्चा कम्युनिष्टहरु एक हुनुपर्छ। माक्र्सवादलाई अवलम्बन गरेर राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादको बाटोमा जानुपर्छ भन्नेहरु बाहिर पनि छन्।

एमाले नेतृत्वमा ओली नहुने हो भने त्यो पार्टीका हजारौं कार्यकर्तालाई समाजवादको बाटोमा एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिने रहेछ। एमालेमा पनि बिऊ रोपिएको छ। केही समयपछि त्यो फुल्छ, फल्छ।’


Last Updated on: September 8th, 2022 at 10:01 am
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया