शनिबार २४ मंसिर २०७९

काठमाडौ । कहिलेकाही सोच्दै नसोको घटना हुन्छ । केही हजारका नोट भेट्टाउनु त सामान्य नै हो ।तर करोडौ रुपैयाँ फेला पर्नु सामान्य पक्कै हैन । झारखण्डमा त्यहाँका स्थानीय केटाकेटीका लागि त्यस्तै एक असामान्य घटना भयो ।

राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले ५ करोड रुपैयाँ नगद फेला पारेका छन् ।गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा भित्र ५ करोड रुपैयाँ फेला परेको हो । बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँका बिटा देखेपछि उनीहरुको होश हवास नै उड्यो ।यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आएपछि नोटबन्दीको निर्णय लिए ।

निश्चित समयमा स्रोत खुलाएर नोट देखाए त्यसलाई वैध मान्ने तर नोटको स्रोत नखुलाए उल्टै भ्रष्ट्राचारमा हाल्ने निर्णयपछि मानिसहरुको भागाभाग भएको थियो । सायद त्यही बेला पचाउन नसकेका नोट फ्यालिएको हुनसक्ने भारतीय प्रहरीको दावी छ ।तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको थियो ।बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर छरिएपछि सबै चकित भए । उनीहरुले गाउँलेहरुलाई बोलाए ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।


Last Updated on: September 7th, 2022 at 8:29 pm
३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया