शनिबार २४ मंसिर २०७९

धनकुटामा

९ बर्ष अघि नवजात शिशुलाई कर्तव्य गरी मा रेर फरार रहेका साविक भोजपुर जिल्लाको सिद्धेश्वर गाविस हालको भोजपुर नगरपालिका वडा न ४ घर भएका प्रेमकुमार राउतलाई धनकुटा प्रहरीले आज सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतको फैसालाबाट जन्म कैदको सजाय पाएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरी धनकुटामा आज सार्वजनिक गरेको छ । २०७० साल असार ७ गते नवजात शिशुको ह त्या गरी धनकुटा नगरपालिका ५ विहिबारे खोल्सीमा फाली फरार रहेका उनलाई हिजो काठमाडौँबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनु भयो ।

उनको एक महिला संग अ नैतिक सम्बन्ध रहेको र उन बाट जन्मीएको नवजात शिशुको राउतले ह त्या गरेको प्रहरीको भनाई रहेको छ , ती महिलाले भने कैद सजाय भुक्तान गरी सकेको प्रहरीको भनाई रहेको छ । राउतलाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा न ९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


Last Updated on: September 7th, 2022 at 3:40 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया