आइतबार , जेठ ८, २०७९

७ वर्ष देखि लुकेर बसेका म्याग्दिका नवीन पुनलाई प’क्राउ गर्न सफल सन्तोष देउजा (भिडियो हेर्नुस)

म्याग्दी जिल्लाको मालिका गाउँपालिका वार्ड नम्बर २ का नबिन पुन आज भन्दा ७ वर्ष अघि घर सल्लाह मै वैदेशिक रोजगारिला लागि दुबै गएका थिए । वैदेशिक रोजगारिमा दुबै गएका नवीन सात वर्ष पुगिसक्दा पनि घर फर्किएर नआएको भन्दै उनकी श्रीमती प्रेम कुमारी पुनले केही हप्ता अगाडि मिडियामा जानकारी दिएकी थिइन् । आफुसगँ श्रीमान सम्पर्क बिहिन भएको भन्दै खोजी गरिदिन सहयोग माग्दै आफू मिडियासम्म आएको प्रेमकुमारी पुनको भनाई रहेको थियो

उनको भिडियो सामाजिक संजालमा राखिए पछि नवीन पुन स्वयंले पनि हेरेका रहेछन । उक्त भिडियो आफुले पनि हेरेको भन्दै फोन सम्पर्कमा आएका नबिनले केही दिन पछि आफू दुबैबाट नेपाल फर्किने बताएका थिए । तर नबिनको जानकारी मिडियामा दिएका एक ब्यक्तिका अनुसार नवीन केही दिनमा दुबैबाट नेपाल आउने नभै अहिले नेपालमै रहेको र नवीन केही दिन भित्रमा दुबै फर्किन लागेको बताएका थिए । ती ब्याक्तिले नवीनले झुट बोलेको भन्दै उनी बस्ने स्थानको पनि जानकारी गराएका थिए ।

धादिङमा नवीन बसेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय धादिङको सहयोगमा मिडियाकर्मी सन्तोस देउजा लगायतले उनलाई अहिले प’क्राउ गरेको छ । नवीन केही समय अघि नै नेपाल आएर धादिङमा सानो होटल गरि बस्दै आएको खुलेको छ । उनले अर्कै बिबाह पनि गरि सकेको बुझिएको छ । उनी कान्छो श्रीमतिसगँ धादिङमा बस्दै आएको र अबको केही दिनमा उनी दुबै फर्किने तयारी गरिरहेको जानकारी मिडियामा आए पछि उनलाई प’क्राउ गरिएको हो ।

अहिले उनलाई जिल्ला प्रहती कार्यलय धादिङमा राखिएको छ । अब उनकी जेठी श्रीमती सहित छलफल गराए पश्चात जेठी श्रीमती प्रेमकुमारिले सहमती गर्ने या बहुबिबाहको मुद्दा दायर गर्ने त्यो निर्क्योल हुने प्रहरिले जनाएको छ । केही दिन अघि भने नबिनले प्रेमकुमारिलाई फोन गरि आफू केही दिनमा नै घर आउने भनी झुट बोलेका थिए । उनी दुबै फर्किने तयारी गरेको भन्ने बुझिए पनि नबिनले भने आफू दुबै जान लागेको भन्ने कुरा झुटो भएको बताएका छन । तर उनिसगं अहिले बिस्तृत कुराकानी भने भएको छैन ।

केही हप्ता अघि मिडियामा आएकी प्रेमकुमारिले छोरा पेटमा ३ महिनाको हुदाँ वैदेशिक रोजगारिमा जाने भनी श्रीमान नवीन दुबै गएको तर अहिले छोरा यति ठूलो हुदाँसम्म फर्किएर नआएको बताएकी थिइन् । आफुलाई खर्च समेत नपठाएकोले आफू छोरा पालेर बस्न धेरै समस्या भएको उनको भनाई थियो । गाउँका अन्य ब्याक्तिहरु दुबै पुगेर आउनेहरुले नवीन उतै बिबाह गरि बसेको भन्ने खबर आफुलाई दिएको उनले बताएकी थिइन् । तर नवीन भने आफुसगँ सम्पर्क बिहिन भएको उनको भनाई थियो । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय