शनिबार , जेठ १४, २०७९

इरानदेखि नेपाल आएका यी शरणार्थीले काठमाडौँमा चिया बेच्दै लाखौं कमाउँछन्(भिडियो हेर्नुस)

ईरानी शरणार्थी महमत नेपालमा चिया व्यापार गर्दै आएका छन् । ईरानी नाम महमत भएता पनि नेपाली नाम आर्यनबाट उनी पचितित छन । ईरानमा आफ्नो परिवार त्यहाको आन्तरिक तथा बाह्य द्वन्दका कारण देश निकाला गरिए पछि नेपाल आएर बसेको मोहमद बताउँछन । घरपरिवारमा ४ जना भएको उनले बताएका छन । आफ्ना आफन्तहरु सबै ईरानमै रहे पनि आफ्नो परिवार भने नेपाल आएर बसेको उनको भनाई छ् । ईरान बाट देश निकाला भएपछि नेपाल् आएर सुरुमा होटलमा काम गरेकोउनले बताए ।

होटेलले समयमा पैसा नदिएकाले ७/८ महिना काम गरेर छाडेको बताउँछन । होटल छोडे पछि चिया बेच्ने व्यापारमा राम्रो हुन्छ भनेर सुरुमा ठमेलमा रातभरी चिया व्यापार गर्दै आएको मोहमद बताउँछन् । अहिले आफू नेपाल बस्दै आएको ३ बर्ष भएको उनले बताए । अहिले काठमाडौको ब्यस्त बजार असन क्षेत्रमा आफू दुध चिया, कालो चिया तथा कागती चिया बेच्दै आएको उनले बताएका छन् । घरमा श्रीमती बर्षाले चिया बनाउने गरेको आर्यन बताउँछन ।

आफुले नेपाली केटी बर्षा तामाङ सँग प्रेम बिबाह गरेको आर्यनले बताए । पहिले बर्षा तामाङ पनि चिया व्यापार गर्ने गरेको उनको भनाई छ । त्यो बेला ३/४ चोटि आफुले काम गर्ने ठाउँमा चिया बेच्दै आउँदा वर्षासगँ माया बसेको आर्यन बताउँछन् । पछि आफ्नो परिवार र बर्षाको परिवारले सल्लाहमा नै आफुहरुको बिबाह प्रस्तावलाई स्वीकार गरेको उनको भनाई छ् । आफू पहिले ईरानमा पनि आफ्नै रेस्टुरेन्टमा चलाएर बसेको उनि बताउँछन् । अध्ययन पनि गर्दै गर्दा घरपरिवारको समस्याले अध्ययन गर्न छाडेको आर्यन बताउँछन् ।

इरानबाट नेपाल आए पछि नेपालको भाषा ,संस्कृति, स्वतन्त्रता धेरै राम्रो लागेको उनले बताए । ईरानमा हरेक कुरामा नेपाल भन्दा धेरै बन्देज भएको उनले बताए । आफ्नो परिवालाई ईरानबाट देश निकाला गरिएकोले अब ईरान जान नपाउने उनी बताउँछन् । आफु ईरानी शरणार्थी भएको धेरैले थाहा पाएर पनि आफ्नो दुख देखेर सबैले आफुले बनाएको चिया खाने गरेको उनी बताउँछन । अहिले आफ्नो अन्य नेपाली चिया व्यापारीको भन्दा धेरै बिक्री हुने उनी बताउँछन ।

यसबाट आफुले नेपालीहरु सबैलाई उत्तिकै सम्मान गर्ने गरेको भन्ने महसुस भएको उनले बताए । इरानमा यस्तो सद्भाव नभएको आर्यन बताउँछन ।  शरणार्थी भएकोले सबैले काम प्रति हौसला दिने र माया गर्ने गरेको उनको भनाई छ । अहिले आफुले दैनिक चिया बेचेर २ हजारसम्म नाफा कमाउने गरेको आर्यन बताउँछन ।कप बिक्रि हुने गरेको हरियानको भनाई छ् । आफू भविष्यमा चिया व्यापार कुनै एक ठाउँमा गर्ने सोच बनाएको बताउँछन । बर्षाको परिवारले आफुर  मेहनती ईमानदार भएकोले बिबाह स्वीकार गरेको भनी आफुलाई बताउने गरेको उनको भनाई छ ।( भिडियो हेर्न )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय