शनिबार , जेठ १४, २०७९

यस्तो जाडोमा प्लास्टिक ओढेर रुदैरुदै भोकभोकै फोहोर टिप्ने आमा ,छोराछोरीले हेरेनन् कठै (हेर्नुस् भिडियो )

कालिमाटीको पुल नजिकै एकजना ७८ बर्षिय बृद्ध आमा बस्दै आएकि छिन् । पछिल्लो समय बुढि आमाले थाप्लोमा भारि बोकेको र सगै कुकुरले भने दातमा भारि च्यापेर आमासगै हिडेको त्यो एकदमै भावुक दृश्य देख्दा र उक्त भिडियो सामाजिक संजालमा एकैछिनमा भाईरल भएसगै सबैलाई भावुक बनाएको थियो ।

फुलमाया श्रेष्ठ आमा जो उक्त पुलमुनि बस्नुभएको नै २५ बर्षभन्दा बढि भैसकेको आमा बताउनुहुन्छ । आमासग राम्रो ओड्ने ओछ्याने छैन र यस्तो जाडोको बेला आमा प्लास्टिक ओढेर र खुट्टा फराक गर्ने ठाउँ नहुदा खुट्टा खुम्चाएर सुत्नु पर्ने आमाको बाध्यात्मक अवस्था छ ।आमाले दिनभरि फोहोर मैलाहरु बटुल्ने काम गर्नुहुन्छ र थोरै पैसा आफैले कमाएर बिहान बेलुकाको छाक टार्दै आउनुभएको छ ।सधै स्वास्थ्यले साथ नदिने र कहिलेकाही बिरामि हुदा र काम गर्न नसक्दा धेरै पटक भोकभोकै बस्नु परेको र पहिले पहिले भने पानी शुद्ध पनि आफुलाई कसैले पनि नदिदा खोला किनारकै खाएर बसेको आमा सम्झनुहुन्छ ।

आमाका ४ छोरा र दुई छोरी छन् ,श्रीमान भने ७ बर्षसम्म क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित भएर उनिले यो संसारलाई सधैका लागि बिधा गरे ।छोराछोरीले सबैले आफ्नो गरि खाइरहेका छन् तर यतिका छोराछोरी हुदाहुदै पनि आमा बेसहरा हुनुहुन्छ र एकदमै पिडादायिक जीवन बेथित गर्न बिवस हुनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय