शनिबार , माघ १५, २०७८

१२ वर्ष साउदीमा भेडा चराएर कमाएको पैसा लिएर हिँडेकी श्रीमती सम्पर्कमा(भिडियो हेर्नुस)

केही समय अघि धादिङका ४५ वर्षीय फुसुरु तामाङ आफ्नि श्रीमती फ’रार भएको भन्दै मिडियामा आएका थिए । आफुले कमाएको सबै सम्पत्ति समेत लिएर श्रीमती अर्कै सगँ गएको उनको भनाई थियो । आफू अहिले बि’रामी भए पछि सानो छोराको पनि बि’चल्नी भएको उनको भनाई थियो । कमाएको सम्पत्ति सबै श्रीमतिले लिएर गए पछि अहिले आफुलाई खान, लाउन र उप’चार गर्नका लागि पनि पैसा नभएको उनको भनाई रहेको थियो । उनकी श्रीमतिले भने अब आफुहरु आफ्नो आफ्नो बाटो लागेको बताउँछिन

आफुले १२ वर्ष सम्म साउदिको मरभुमिमा भेडा चराएर कमाएको सबै श्रीमतिले लिएर गएको उनको भनाई थियो । फुसुरु मिडियामा आएको केही समय पछि उनकी श्रीमती निरमाया फोन सम्पर्कमा आएकी छिन । आफुलाई केही दिन अघि श्रीमतिले फोन गरेको फुसुरुले बताए । आफू अब कहिल्यै नभेट्ने र आफ्नो आफ्नो गरि खाने भन्दै आफुलाई भनेको उनले बताए । आफुलाई जति खोजे पनि नभेट्ने भनी उस्ले बताएको फुसुरुको भनाई रहेको छ ।

आफू अझै पनि श्रीमतिले पैसा खाएर गएको नभन्ने र आफुसँग आएर मिलेर बसे स्वीकार गर्ने फुसुरुले बताएका छन । अहिले आफू बि’रामी भएको र घरमा बनाएत खान दिने पनि कोहि नभएकोले आफुलाई साथ दिनेको खाचोँ भएको उनको भनाई छ । अहिले उनिहरुको १२ वर्षीय छोरा पनि रहेका छन । फोन सम्पर्कमा आएकी निरमायाले भने आफू अब केही हप्तामै बिदेश जान लागेको भन्दै श्रीमानसगँ फर्किएर अब नबस्ने बताईन । आफुहरुको झ’गडा भएर आफू हिँडेको भन्दै अब नफर्किने उनको भनाई थियो ।

फुसुरुले भने आफ्नो १२ लाख रुपैयाँ र अन्य सुन चाँदी समेत लिएर गएको बताएका थिए । तर उनकी श्रीमती निरमायाले भने आफुले पैसा लिएर नगएको बताईन । श्रीमान बिदेशमा हुदाँ आफुलाई र छोरालाई मासिक १०/२० हजार खर्च पठाईदिने गरेको र त्यो पैसा सबै छोराको पढाइ र घर खर्च मै सकिने हुदाँ आफुले लिएर गएको भन्ने झु’टो आ’रो’प लगाएको निरमायाले बताएकी छिन । आफू श्रीमती हुदा उस्ले घर खर्च पठाएको पनि हिसाब गरेर माग्ने हो भने आफू त्यो दिन नसक्ने उनको भनाई छ ।

फुसुरुले श्रीमती त्यसरी हिँडेपछि प्रह’रि’मा पनि उ’जुरी गरेका छन । उनकी श्रीमतिले भने जाहा उजुरी गरे पनि आफु अब फर्केर नआउने उनले बताईन । आफू श्रीमती भएर बस्दा पठाएको घर खर्च सबै जोडेर अहिले आफुसगँ हिसाब माग्न थालेको उनको भनाई छ । आफुहरुको त्यही कुरामा कुरा नमिलेको आफू हिँडेको पनि उनले बताईन । तर उनका श्रीमानले भने श्रीमती फर्केर आउन आग्रह गरे । आफुलाई पैसा नचाहिने भने मिल्ने मनसाय लिएर आए आफू मिलेर बस्ने उनले बताए । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय