बुधबार , जेठ ४, २०७९

आमाले छोडेपछि बुबा डि प्रेसनमा,नातिको बिचल्नी देखेर हजुरआमाको आ त्मा ह त्या प्रयास(भिडियो हेर्नुस)

सिन्धुली जिल्लाको डुम्रेबासमा एक हजुरआमा आफ्ना दुई नाति र एक डि’प्रेसनको सिकार भएर मानसिक सं’न्तुलन गुमाए जस्ता भएका छोरा लिएर बसेको भेटिन । बुहारि दुई छोरा र श्रीमान छोडेर अर्कैसगँ पोइला गए पछि त्यही पिरले छोरा डिप्रे’सनको सि’कार भएका रहेछन । अहिले बृद्धअबश्था भएकी हजुरआमा आफ्नो छोरा सहित नातिहरुको हेरचाह गर्दै आएकी छिन । आर्थिक अवस्था कमजोर भएकी उनको घरमा कमाएर ल्याउने पनि कोहि छैनन ।

एउटा भएको छोरा पनि त्यसरि बिरामी भए पछि अहिले उनिहरुको घरको अवस्था दयनीय रहेको छ । कमाएर ल्याउने कोहि नभए पछि कयौँ दिन भोकै रहनु परेको ती हजुरआमा बताउँछिन । आफू त जसो तसो भोको पेट दिन कटाउन सकेता पनि ती ५/६ वर्षका अबोध बालकहरु भने घरमा खाने कुरा नभएको बुझ्दैनन । खानेकुरा खोज्छन तर आफुले दिने केही नहुने उनको भनाई छ । कुनै दिन आफू बिरामी पर्दा घरमा सबै जना भोकै बस्नु पर्ने ती हजुरआमा बताउँछिन ।

त्यसरी सधै भोकै बस्नु पर्दा नातिहरुको पनि बिजोक देखेर कयौँ पटक आफुले नातिहरुसगैँ आ’त्मा’ह’त्या समेत गर्ने प्रयास गरेको ती हजुरआमाले बताएकी छिन । अब यी नातिहरुलाई आफुले हुर्काउन नसक्ने भन्दै कति यिनिहरुको हेरचाह गरि राख्ने मान्छे पाए आफू दिने उनले बताईन । आफुलाई आफ्ना नातिहरु सडकमा भिक माग्दै हिडेको हेर्न मन नभएकोले आफू कोहि त्यसरी लगेर राख्ने मान्छे पाए दिएर पठाउने ती हजुरआमाले बताएकी छिन । जति नै माया भए पनि उनिहरुलाई आफुले खान लाउन दिन नसकेकै कारण यसो गर्न लागेको उनको भनाई छ ।

बाल आश्रमहरु भएको आफुले सुनेको भएता पनि त्यहासम्म लैजान पनि आफू केही थाहा नपाउने उनको भनाई छ । आफ्ना नातिहरु जहाँ रहे पनि राम्रो खान लाउन पाए आफुलाई हुने ती हजुरआमाको भनाई छ । उनिहरुलाई पालनपोषण गरि पढाइ लेखाइ गरिदिए उनिहरु पछि गएर आफै केही गरि खान सक्ने थिए कि भन्ने आफुलाई आश रहेको ती हजुर आमाले बताईन । उनले आफुहरुको यो अवस्था रहेको भन्दै सहयोग गरिदिन पनि आग्रह गरेकी छिन ।

यसै बिचमा मिडियाकर्मी भोजराजले केही सहयोगी दाताहरुले पठाएको रकमले ती दुई बालकहरुलाई जाडोमा न्यानो कपडाको ब्यावस्था गरिदिएका छन । साथै उनिहरुलाई खान केही रकम सहयोग पनि गरेका छन । साथै भोजराजले सम्पुर्ण सहयोगी दाताहरुलाई यो परिवारको लागि सहयोगको अपिल समेत गरेका छन । साथै कोहि यी बालकहरुलाई अपनाएर पालनपोषण गरि राख्न इच्छुक महानुभावहरु भए उहाहरुलाई सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन ।

भिडियो हेर्नुस :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय